News Portal

  • अध्यक्ष बिनाेद श्रेष्ठ मजदुर क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा एक्लो उम्मेदवार

    जनभेट संवाददाता२०८२ माघ ५
    ४६९ पटक

    ईश्वरी थापा
    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का अध्यक्ष तथा आइटियुसी न्याकका अध्यक्ष बिनोद श्रेष्ठलाई उम्मेदवार घोषणा गरेको छ । अध्यक्ष श्रेष्ठलाई काठमाडौ–१० बाट उम्मेदवार घोषणा गरेको हो ।

    एमालेबाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने उनी मजदुर क्षेत्रबाटै एक्ला उम्मेदवार बनेका छन् ।

    श्रमिकका हकहितका पक्षमा काम गर्ने मजदुर नेतालाई मूल्यांकन गर्दै पार्टीले गरेको घोषणा पश्चात् आफ्नो प्रतिनिधित्व भएको भन्दै श्रमिकहरु उत्साहित बनेका छन् ।

    उनले नेपालमा कृषिमा काम गर्ने कृषक र श्रमिकले पनि योगदानमा आधारित सामाजिक सुरक्षामा सूचीकरण हुन पाउनुपर्छ भनी दुई दशक लामो संघर्ष गरेर श्रमिकमा गहिरो छाप छोडेका छन् ।

    ट्रेड युनियन आन्दोलनमा २०३६ सालदेखि निरन्तर सहभागि हुँदै राष्ट्रिय राजनीति ख्याति प्राप्त गर्न सफल श्रेष्ठ पश्चिमी काठमाडौं थानकोटका स्थानीय हुन् ।

    प्रतिकृया दिनुहोस्