News Portal

  • शहीदको बलिदानीबाट प्राप्त संविधानको रक्षामा प्रतिबद्ध छौँ : अध्यक्ष श्रेष्ठ

    जनभेट संवाददाता२०८२ आश्विन ४
    २५९ पटक

    ईश्वरी थापा
    कठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष बिनोद श्रेष्ठले नेपालको संविधान शहीदको रगतको बलिदानी भएको बताउनुभएको छ । संविधान दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताले ७० वर्षदेखिको संघर्ष र बलिदानीबाट नेपालको वर्तमान संविधान प्राप्त गरेकाे बताउनुभएको हो ।

    अध्यक्ष श्रेष्ठले संविधानविरुद्ध लाग्ने प्रतिगामीहरुलाई खबरदारी गर्दै संघीयतासहितको लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्नुपर्ने बताउनुभयो । लोकतान्त्रिक गणतन्त्रको विकल्पमा अर्को कुनैपनि व्यवस्था हुनै नसक्ने भन्दै उहाँले गणतन्त्र र त्यसको मूल आत्माका रुपमा रहेको संविधानको रक्षाका लागि जिफन्ट प्रतिबद्ध रहेको बताउनुभयो ।

    नेपाली श्रमजीबी वर्गको पसिनाले निर्माण गरिएको मजदुर भवन भदौ २४ गते जेन जी आन्दोलनको नाममा अराजक समूहले तोडफोड तथा सामान लुटपाट गरेप्रति निन्दा गर्दै उहाँले भौतिक संरचना क्षेतिले बिचारलाई गलाउन नसक्ने बताउनुभयो ।

    विचारसहितको आन्दोलनमा उठेका हामी श्रम आन्दोलनका मूल शक्ति भएकाले संगठन पुनः मजबुद भएर उठ्ने उहाँको भनाइ छ ।
    कार्यक्रममा २३ वटै घटकका नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।

    प्रतिकृया दिनुहोस्