News Portal

  • सामाजिक सुरक्षा कोषमा आवद्ध हुन ढिला नगरौँ : सचिव पुस्कर

    जनभेट संवाददाता२०८२ आषाढ २२
    ३२६ पटक

    ईश्वरी थापा
    काठमाडाैं । श्रम तथा राेजगार मन्त्रालयका सचिब डा. कृष्णहरी पुस्करले सबै सघं संस्थाहरु सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन ढिला गर्न नहुने बताउनुभएको छ । नेपालगञ्जमा आयोजित सामाजिक सुरक्षा कोषको प्रभावकारिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले संघ संस्थाहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्ने बताउनुभएको हो ।

    सचिव पुस्करले उद्योग, व्यवसायलगायत सबै संघ संस्थाहरुलाई सरकारले कडाइका साथ सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनु पर्ने बताउनुभयो । कोषमार्फत् कर्मचारी तथा श्रमिकले अवकास जीवनमा राम्रो प्रतिफल पाउने उहाँको भनाइ छ ।

    नेपाल उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष चिरञ्जिवी ओलीले सामाजिक सुरक्षाका बारेमा उद्योगपतिहरुले नै नबुझेका कारण समस्या आएको बताउनुभयो । कोषका बारेमा सही कुरा बुझ्ने हो भने कोषमा आवद्ध गरी युवा शक्तिलाई विदेशिनबाट रोक्न सकिने उहाँको भनाइ छ ।

    नेपाल उद्योग वाणिज्य संघको सहकार्यमा आयोजित अन्तरक्रियामा सामाजिक कोषका निर्देशक उत्तमराज नेपालले कोषले हालसम्म गरेको प्रगति, कोषको ऐन तथा सुविधाका बारेमा जानकारी दिनुभएको थियो । उहाँले निजी क्षेत्रका उद्योगहरु सामाजिक कोषमा आवद्ध हुनैपर्ने अनिवार्य व्यवस्था रहेको बताउनुभयो ।

    नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका उपनिर्देशक डा. दिनेश श्रेष्ठले कोषले उपलब्ध गराउने औषधि उपचारहरु राम्रा अस्पतालहरुमा सिफारिस गराउन सके सेवाग्राहीले सोचे जस्तो सेवा पाउने बताउनुभयो ।

    लुम्बिनी प्रदेश जेटियुसिसीका अध्यक्ष बसन्त मल्लले उद्योग कलकारखानामा कार्यरत श्रमिकहरुलाई अनिवार्य रुपमा कोषमा आवद्धता गराउन सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

    प्रतिकृया दिनुहोस्