News Portal

  • आज विश्व खेलकुद पत्रकार दिवस, विविध कार्यक्रम गरी मनाईदै

    जनभेट संवाददाता२०८२ आषाढ १८
    ३२२ पटक

    काठमाडौं । आज विश्व खेलकुद पत्रकार दिवस नेपालमा पनि मनाईदै छ । खेलकुद सम्बन्धी रिपोटिङ लगाएतका सामग्री प्रस्तुत गरी मनाई लागेको हो ।

    विश्व खेलकुद पत्रकार दिवस हरेक वर्ष जुलाई २ मा मनाइन्छ। यस दिवसलाई अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसको रूपमा पनि चिनिन्छ । अन्तर्राष्ट्रिय खेलकुद पत्रकार सङ्घले सन् १९९४ बाट यो दिवस मनाउन थालिएको हो ।

    सन् १९२४ मा बेलायतमा अन्तर्राष्ट्रिय खेलकुद प्रेस संघ एआइपिस स्थापना भएको दिनको स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने चलन छ । खेलकुद पत्रकारिता को विकास सन् १८०० को समय बाट नै सुरु भएको थियो ।

    नेपालका खेलकुद पत्रकारहरूको छाता सङ्गठनका रूपमा नेपाल खेलकुद पत्रकार सङ्घले विभिन्न कार्यक्रम, खेलकुद पत्रकारहरूको अर्थपूर्ण सहभागितामा मनाउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्