
-ईश्वरी थापा
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेको महासचिव शङ्कर पोखरेलले जनताको बहुदलीय जनवादको आलोकमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष कम्युनिष्टहरुको आन्दोलन भएको बताउनुभएकाे छ ।
जननेता मदन भण्डारीको ७४ औँ जन्माेत्सवकाे अवसरमा असार १३ गते उपत्यका विशेष प्रदेश कमिटीद्वारा काठमाडौमा आयोजित जनताको बहुदलीय जनवादको आलोकमा सामाजिक सुरक्षा अन्तरसम्बाद कार्यक्रममा उहाँले यस्ताे बताउनुभएको हो । जनतामा समाजवादको मार्ग निर्देशन निर्माण गर्न दशकौँदेखिको आन्दोलनको कारण सम्भव भएकाे उहाँकाे भनाइ छ ।
महासचिव पोखरेलले वैज्ञानिक समाज, लोकतान्त्रिक तथा संविधानबाट समाजवादको सत्यता बुझ्न राष्ट्र निर्माणका दुई धार बुझ्नु आवश्यक भएकाे बताउनुभयाे । उहाँले सामाजिक सुरक्षा कोष प्रतिफलमूलक, प्रभावकारी बनाउन सबै क्षेत्रको सहयोग बिना सम्भव नहुने बताउनुभयाे । कर तिर्ने पुँजीवादीहरु भन्दा पनि बुढेसकालको आर्थिक सुनिश्चितताका लागि गरिखाने बर्ग, योगदानकर्ताका लागि औपचारिक रुपमा नै व्यावहारिक बनाउन सरकार क्रियाशील रहेको उहाँकाे भनाइ छ ।
उहाँले जनताले सोचेअनुसारको स्वास्थ बीमा नहुँदा सामाजिक सुरक्षा कोष भने सफल हुँदै गइरहेकाे बताउनुभयाे ।
सामाजिक सुरक्षा कोषका निर्देशक कविराज अधिकारीले कोषमा आबद्ध नहुनेलाई सामाजिक सुरक्षा कर लगाउने, महानगरपालिकाको जनप्रतिनिधिमा नै सामाजिक सुरक्षाको शिक्षा प्राप्त नभएकाले सरकारको छिटो ध्यानाकर्षण हुनुपर्ने बताउनुभयाे ।
काेषका उपनिर्देशक राहित रेग्मीले सामाजिक सुरक्षाा काेषका बारेमा विस्तृत जानकारी दिनुभएकाे थियाे ।












