जनभेट संवाददाता

–ईश्वरी थापा
काठमाडौं । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) मा आबद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपाल बागमती प्रदेश कागेश्वरी मनहरा नगरपालिकाको भेला सम्पन्न भएको छ । नगरपालिका अन्तर्गतका सबै वडाको प्रतिनिधित्व हुनेगरी सौन्दर्य कर्मीहरुको भेला आयोजना गरिएको हो ।
सौन्दर्यकर्मी कमला चापागाईंको अगुवाई रहेकोे कार्यक्रममा प्रमुख अतिथि नाबुन केन्द्रीय महासचिव सुजना जोशीले संगठनको महत्त्व, संगठनमा आवद्धता, सामाजिक सुरक्षा कोषमा सूचीकरण, युनियन स्थापनाको उद्देश्यमा प्रकाश पार्नु भएको थियो ।
जानकी श्रेष्ठद्वारा सञ्चालित भेलाले सरिता सिवाकोटीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।











