–ईश्वरी थापा
कुरा करिब एक महिनाकाे अघिकाे हाे । नेपालीहरूकाे दाेस्राे ठूलाे प्रमुख चाड तिहार सकिएकाे मात्रै थियाे । विशेष गरी तराइका बासिन्दाले मनाउने तर केही वर्षदेखि पहाडी भेगमा पनि मनाउन थालिएकाे छठपर्वकाे दिनकाे कुरा हाे । सरकारी तथा प्रायजसाे प्राइभेट कार्यालयहरूमा पनि सार्वजनिक बिदा थियाे । अफिस पनि बिदा भएकाले कतै नजाने निर्णय गरी घरैमा बसेकाे थिएँ । एक्कासी जावलाखेलबाट एक जना मित्रले फाेनमा भने, ‘बच्चाहरूकाे पनि स्कुल बिदा छ इचङ्गुनारायण घुम्न जाउँ न ।’
कतै नजाने भनेर बसेकाे म, मित्रकाे बाेलाहटले एकछिन दाेधारमा परेँ । घरमा कामहरू धेरै थिए, कतै नजाने नै निर्णय गरेर बसेकाे थिएँ । तर मित्रले पटक पटक आग्रह गरेपछि वचन हार्न पनि सकिएन । हुन्छ जाउँ न त भनेँ । त्यतिकैमा मित्रले भने, ‘थाहा छ, इचङ्गुनारायण मन्दिरकाे पुजारी त हाम्राे परिचित मानिस हाे नि ! फाेनमा कुरा भएकाे थियाे, तिमीलाई पनि लिएर आउन भनेकाे छऽ भेट नभएकाे पनि धेरै वर्ष भयाे । मित्रकाे कुराले मेराे हातगाेडा पनि फुर्तिला भए, मि हिँड्न तयार भएँ ।
साथीलाई एकान्तकुना बस्न भन्दै म साढे नाै बजे आउने वचन दिएँ । बिदाकाे दिन भएकाले सडकमा सवारी साधनकाे चाप थिएन ।हतारले पूजासामाग्री तयार गरी ९ :३० मै घरबाट निस्किएँ र टेम्फो चढेर चापागाउँ दोबाटो हुँदै रिङरोडको गोकर्णेश्वर यात्री बसस्टपमा रोकियो । त्यहाँबाट अर्काे बस चढेँ स्वयम्भू पुग्नका लागि । बस खाली जस्तै थियाे, मलगायत अरू चार जनामात्रै थिए
एकान्तकुनामा मलाई कुर्ने दुई जना पेसेन्जर थपिए । यसै त दश बज्न लागिसक्याे कस्ताे खाली बस चढेकाे ? उनीहरूले दिक्क मान्दै भने । भक्तपुरको बस नन् स्टप हो तर कलंकी गएर भएन नि ? स्वयंम्भू पुग्नु छ, त्यसैले यही आईपुग्यो यही चढेँ ।
हुन पनि गोकर्णेश्वर बस गोकर्ण दक्षिण ढोकादेखि आउने हुनाले प्राय: खाली नै देखिन्छ। बिदाको दिन भएर होला नि ? अनि सबै भीड बसमा चढ्ने त मोबाइल हराउला भन्ने चिन्ता नि छैन पाकेटमार होलान् कि भन्ने डर पनि भएन । कहिलेकहीँ यस्तैमा यात्रा गर्नु नि पर्छ । यस्तै कुरा गर्दै समय बितेकाे पत्तै भएन । हामीले ९० रुपैयाँ भाडा तिर्याैँ र सवा दश बजे गन्तव्य अर्थात् स्वयम्भू चाेक पुग्याैँ।
हामी स्वयम्भू बस स्टपबाट ओर्लेर इचङ्गुको बस स्टप सोधपुछ गर्दा कारखाना चोकमा नै रहेछ । सात आठ मिनेट हिडेर दक्षिण आयौँ र सेतो भ्यानले हामीलाई नै कुरिरहेको महसुस गरी खाली भ्यानमा मलगायत तीनजना चढ्यौँ, केही मिनेटमा १४-१५ जना यात्रु भए । १० बजेर ४६ मिनेटतिर कारखानाचोक, पिपलबोट, सेतोगुम्बा जाने बाटो हुँदै नार्गाजुन-७ लाई पछि पार्दै आदेश्वर महादेवको फेदीबाट घुम्दै सानो पुल तरेर सिङ्गल ट्रीको बाटोलाई दाहिने छोड्दै भ्यान देब्रे मोडेर हल्ला उकालो त्यसपछि सुकेधारा बस स्टप हुदै फेरि ९० रूपैयाँको भाडामा इचङ्गु नारायणको बस स्टप हाम्राे गन्तब्य भेटियो ।
केही वर्ष पहिले स्वयम्भूदेखि ४५ मिनेटकाे यात्रामा पुगेको गन्तव्य यसपटक १५ मिनेट मै पुगियो । हुन त यात्रामा हिड्नुको मज्जा नै अर्कै छ । तर सवारी साधनकाे यात्रामा पनि नयाँ मज्जा लिइयाे ।
ओर्लिएर चारैतिर हेरेँ, उत्तरतर्फ सयपत्री फूल तिहारमा पनि कसैले नटिपिएको झैँ ढकमम्कै फुलेको देखिन्छ । हुन त नारायणको भूमि फूलको उर्बर भूमि नै हो नि । गेटसँगै लटरम्मै मेवा फलेको देखिन्छ । पुरातात्विक क्षेत्रमा भएको कारणले गेटदेखि, गूठीघर, दायाँबायाँ उस्तै कलात्मक इँटा शैलीमा घर निर्माण हुँदै थिए । कात्तिक महिना विष्णुलाई भाइटिकाको बिमिरा चढाउनु पर्छ भन्ने चलन छ । तर मैले त घरमा भएपनि ल्याउन नै बिर्सेछ । मसँगै जाने साथीले पूजा सामग्री किने पश्चात मन्दिरतर्फ लाग्याैँ । म अल्छिले मन्दिर जाने निश्चित नभएकाले फूल टिपेर हतार-हतार त गए तर घरमा भएको फूलको माला भने मन्दिर परिसरमै पुगेर गाँसे। साथीको छोरी भने फूल गाँसेको देखेर हाँस्दै थिइन् । खोइ त अर्को साथी ? आउँदै छ नारायणका लागि माला उनेर बस्दै छ बाहिर, तर पुजारीले केको पत्याउनु र ?
पहिलेको त थाहा छैन अहिलेको पुजारी राजाेपाध्याय हुनुहुँदो रहेछ । वर्षैँदेखि नदेखेको मानिस मन्दिरमा पुजारीको रुपमा भेट्दा खुशीको सीमा नै थिएन । मेरो पूजापश्चात कात्तिक महिना भक्तहरुको भीड हुनाले फेरि पुजारी व्यस्त हुनुभयो।
काठमाडाै उपत्यकाबाट पश्चिम-उत्तर नार्गाजुन वनको दक्षिण काखमा पर्ने इचङ्गुनारायण मन्दिर वडा नमबर-३ मा पर्ने रहेछ । हरिदत्त बर्माले उपत्यकामा स्थापना गर्नु भएको बिसङ्खुनारायण, चाँगुनारायण, शेषनारायणमध्ये इचङ्गुनारायण कान्छा नारायण हुन् भन्ने प्राचिन भनाइ छ ।
असार महिनाको हरिसयनी एकादशीदेखि कात्तिक महिनाको हरिबोदनी एकादशीसम्म चतुर्मास ब्रत बस्ने हिन्दु धर्मालम्बी र दशैँको कोजाग्रत पूर्णिमादेखि कात्तिकसम्म एक महिना विष्णु भगवानको बुढानिलकण्ठदेखि चारै नारायणमा हिन्दुहरुको भीड लाग्ने हुनाले पुजारीलाई फुर्सद भने थिएन ।
यसअघि मन्दिर दर्शनपश्चात फर्कन हतार हुने म पनि व्यस्तताकाे बाबजुत पनि थोरै भीड कम भइदिए भेटेर फर्कने कुरा मनमा खेल्दै थियो । फोटो लिने क्रममा मेरो आँखा मन्दिरको छानाेमा पुग्याे । मन्दिरको गजुर एक सुर्के झैँ तले शैलीको भनिने रहेछ, खासै बुझिनँ मैले, तर फरक लाग्यो । सोध्ने पुजारी अति व्यस्त भएकाले सोध्न मिलेन पनि । जे होस् चाँगुनारायणको जस्तो ठूलो क्षेत्रमा फैलिएको ठूलो मन्दिर नभए पनि फरक र चिटिक्क परेको थियो । गेटसँगै ढुङ्गा धारमा पानि कलकल बगेको, फोटो खिचिरहेको दृश्य मन्दिरको पश्चिम दक्षिण असोज १२ को पहिरो गएको दृश्य अनि उत्तरतर्फ फूलैफूल, मन्दिरमा राखिएको विष्णुको मूर्ति, बाहिर बुद्ध शिव हनुमान, गणेश, भिमसेन, शेषनाग, लक्ष्मीनारायणका मूर्तीहरुको दर्शण गरियो ।
पुजारीद्वारा दुई बिमिरा मगाइ दिएर बिमिरा चढाउने इच्छा पनि पुरा भयो । केहीबेरपछि भक्तजनकाे घुइँचाे सकियाे । सायद भगवानले पनि हाम्रो इच्छा बुझिदिए झैँ लाग्यो । पुरानाे परिचित मानिससँगकाे धेरै लामो समय पश्चातको भेटले मनमा एक प्रकारकाे तरङ्ग पैदा गरायाे । छोटो समय मेरो आँखा उहाँको अनौठो खालको भित्ते घडीमा परिरहेको थियो । केहीबेर हामीले भलाकुसारी गर्याैँ र चियाै पियाैँ ।
मन्दिरको घन्टी बज्याे, महालक्ष्मी नगरपालिकाका उपमेयर आउनु भएको रहेछ । पुजारीलाई मन्दिर जानु पर्ने भयाे । म केही समयअघि मात्र डेङ्गु लागेर थलिएकाे थिएँ, आजकाे दिन पुरानाे परिचित अनुहारसँग भेट हुनका लागि भगवानले बचाइदिनुभएकाे जस्ताे भान भयाे मलाई । जमराको जुसले धेरै फाइदा हुने कुरा पुजारीले भन्नुभयाे र खाने सल्लाह पनि दिनुभयो।
त्यसपछि, गुठीघर, इचङ्गुनारायण प्रवेशद्वारलगायत वरपरका केही दृश्यहरू अवलाेकन गर्याैँ । नेकपा एमाले इचङ्गुनारायण गाउँ कमिटीकाे सक्रियतामा सभासद प्राडा मंगलसिद्धि मानन्धर तथा चन्दादाताहरूकाे सहयाेगमा निर्मित त्यहाँकाे प्रवेशद्वार तत्कालीन रक्षामन्त्री (हाल पूर्वराष्ट्रपति) विद्यादेवी भन्डारीले विसं २०६७ मंसिर ४ गते उद्घाटन गर्नुभएकाे शिलालेख पनि अवलाेकन गर्याैँ ।
घरबाट निस्किँदा अनेक उत्सुकता र जिज्ञासा सङ्गालेर हिँडेकाे म फर्किदा मेराे ध्यान र मनमा रित्तै भइरहेकाे थियाे, मानाैँ सबै जिज्ञासा र उत्सुकता सबै नै पुरा पुरा भइसकेका छन् । बस स्टपमा २१ मिनेटकाे पर्खाइपछि हामीलाई लिन एक भ्यान आइपुग्याे । हामी तीनै जना कारखानाचाेक-स्वयम्भू-कलंकी हुँदै रिङराेडकाे यात्राबाट थाेरै समयमा गन्तव्य फर्कियाैँ । बिदाकाे दिन भएकाले कुनैपनि ट्राफिक जाममा हामी परेनाैँ ।
दुई जना साथी एकान्तकुना ओर्लिए, म भने अर्काे टेम्फाे चढेर अविष्मरणीय क्षण सङ्गाल्दै गन्तव्यमा पुगेँ ।