News Portal

  • बेलायतमा ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२४’ आयोजनाकाे तयारी

    जनभेट संवाददाता२०८० फाल्गुण २८
    १५० पटक

    बेलायत । बेलायतकाे राजधानी लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२४’ आयोजना हुने भएकाे छ । ‘थर्ड आई’को आयोजनामा बेलायतको राजधानी लन्डनमा सात दिने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२४’ आयोजना हुने भएको हाे ।

    ‘थर्ड आई’ लिमिटेडका अध्यक्ष विकास देवकाेटाले दिनुभएकाे जानकारी अनुसार सात दिनसम्म चल्ने  उक्त फेस्टिभलमा दशवटा नेपाली चलचित्र प्रदर्शन गरिने छ ।

    बेलायतमा नेपाली फिल्म फेस्टिभलकाे आयोजनाले नेपाली कला र संस्कृतिकाे प्रवर्द्धन हुने बताउँदै अध्यक्ष देवकाेटाले भन्नुभयाे, ‘हामी नेपाली परिवेश र नेपाललाई चिनाउने फिल्म लण्डनमा देखाउने छौँ, यसले नेपाली फिल्मको बजार विस्तारमा त टेवा पुर्याउँछ नै, नेपाली कला, संस्कृतिलाई समेत प्रवर्द्धन गर्छ ।’

    अध्यक्ष देवकाेटा नेपाली फिल्म के–कस्ता बनिरहेका छन् भन्ने बारेमा प्रवासी दर्शकलाई थाहा दिन र नयाँ–नयाँ स्वाद बोकेका नेपाली फिल्मलाई देखाउन कार्यक्रमको आयोजना गर्न लागेकाे बताउनुभयाे । ‘हामीकहाँ के कस्ता फिल्महरु बनिरहेका छन् । त्यो प्रवासी नेपाली दर्शकले थाहा पाउनु जरुरी छ । त्यसैले हामीले सेलेक्ट गरेर केही फिल्म मात्र देखाउने छौँ ।’ अध्यक्ष देवकाेटाले भन्नुभयाे ।

    थर्ड आईका प्रमुख विकास देवकोटाको सक्रियतामा आयोजना हुन लागेको महोत्सवमा नेपालबाट करिब ४० जनाको हाराहारीमा फिल्मकर्मी, पत्रकार, विज्ञापनदाता तथा विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी हुनेछन् । महोत्सव आगामी जुन महिनामा हुने आयोजकले जानकारी दिएको छ। आयोजकका अनुसार यसका लागि तयारी शुरु भइसकेको छ ।

    आयोजकले महोत्सवमा प्रदर्शन गरिने फिल्महरुको छनोट प्रक्रिया शुरू गरिएको जनाएको छ । युट्युबमा नआएका, विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण नभएका, तर हलमा मात्र रिलिज भएका फिल्ममध्येबाट दश वटा फिल्मलाई महोत्सवमा सहभागी गराइने जनाइएकाे छ ।

    नेपाली फिल्मको बजारलाई अगाडि बढाउन यस्ता गतिविधिले मद्दत गर्ने भएकाले याे आयोजना सम्पूर्ण फिल्मकर्मीले सफल बनाउनुपर्नेमा अध्यक्ष देवकाेटाले जाेड दिनुभयाे ।

    जुन ९ तारिखबाट उद्घाटन समारोहबाट शुरु हुने नेपाली फिल्म फेस्टिभल जुन १५ तारिखमा समापन हुने जनाइएकाे छ ।

    ५० भन्दा बढी चलचित्र आवेदनहरू प्राप्त गर्ने आशा आयोजकले प्राप्त आवेदनबाट दश वट फिल्म मनाेनयन गर्ने र अन्तिम पाँचलाई समापन समारोहमा पुरस्कृत गरिने जनाएकाे छ । चलिचित्र आवेदनका लागि ‘थर्ड आई’को फेसबुक पेज र बेवसाइटमा गएर फर्म भर्न सकिने आयोजककाे भनाइ छ ।

    कार्यक्रममा ४० भन्दा बढी नेपाली सेलिब्रेटीहरू नेपालबाट सहभागी हुनेछन् भने नेपाली चलचित्रमा अभिनय, गायन, निर्देशन, निर्माण लगायतका क्षेत्रमा रुचि राख्नेहरुले निर्देशक, निर्माता लगायतसँग सम्पर्क गर्ने अवसर प्राप्त गर्ने आयोजकले जनाएकाे छ ।

    नेपाली फिल्मको बजारलाई अगाडि बढाउन यस्ता गतिविधिले मद्दत गर्ने भएकाले याे आयोजना सम्पूर्ण फिल्मकर्मीले सफल बनाउनु पर्नेमा अध्यक्ष देवकाेटाले जाेड दिनुभयाे

    प्रतिकृया दिनुहोस्