News Portal

हामीले कहिले बुझ्ने र यो देश उभो लाग्ने ?

विष्णु गाैतम२०८१ कार्तिक २१
१०६ पटक

 –विष्णु गाैतम
हामी मेरो र तेरो  पार्टी भन्दै  ३४ वर्षदेखि प्रजातन्त्र र लोकतन्त्रलाई जनमुखी बनाउनुको सट्टा एकआपसमा हिलो छ्यापा-छ्याप गरेर लडिरहेका छौँ । हिजो देश बनाउँछौं भन्ने संकल्पसहित सबै एकत्रित भएर आन्दोलन सफल बनाइएको बिर्सियौँ । राष्ट्र निर्माण एजेन्डा त्यहीबेला बिर्सियाैँ जब झन्डा हल्लाउँदै, हरेक ठाउमा प्रभुत्व जमाउने सपना बन्यो।

एकात्मक राज्य ध्वस्त पार्न सफल विभिन्न पार्टीका कार्यकर्ताहरुले उपलब्धिपछि देश निर्माणका लागि कति जुट्यौ त ? फेरि पहिले जन-आन्दोलनमा जस्तै गरी केवल एक दशक  सबै एकबद्ध भएर राष्ट्र निर्माणमा हामीले सिङ्गापुर र स्वीटजरल्याण्डका कुरा निकाले जस्तै आधा विश्वले नेपालको उदाहरण दिन थालुन्।

प्रश्न आउन सक्छ यो कसरी संभव  छ त ?
मैले यसो भनिरहँदा मलाई निर्दलिएता या राजावादीको ट्याग नलागोस्, मेरो जोड भनेको अब त्यो र यो या तेरो र मेरो भनेर  समय खेर फाल्नु उचित नभएकाले अब आउने एजेन्डा राष्ट्र निर्माणका लागि  र साझा मुद्दाका रूपमा आउनु पर्छ मात्र भनेको हूँ । यो राष्ट्र तपाईंको, मेरो र हामी सबैको भन्ने महसुस् हुनुपर्छ।

विगत ३४ वर्षदेखि एकआपसमा हिलो छ्याप्ने काम गर्दागर्दै  देश बर्बाद भइरहेको छ, परिणामस्वरूप  युवाहरु देशमा बस्न नसकेरै त होला नि दैनिक सत्र सयभन्दा बढी  देश बाहिर गइरहेका छन् । शहर बजारमा केही भीडभाड देखिए पनि देशभरका गाउँ घर मानवविहीन जस्तै भइसकेको अवस्था छ। कहिलेकहीँ त मरी मराउ परे पनि रक्ष्यानमै खाडल खनेर सत्गत  गर्नुपर्ने बध्याता आउँदैन भन्न सकिन्न।

हुन त शहर बजारमा पनि आजकाल घरहरू भाडामा लाग्न छाेडे रे भन्ने सुनिन्छ। आम मानिसहरूले सञ्चालन गर्दै आएका र अलिअलि टिकेको व्यापार पनि मार्ट केन्द्रित हुँदैछन्। रोजगारी तथा आय आर्जनका लागि, उद्याेग, व्यापार, कृषि, पर्यटन लगायतका व्यवसाय सबै कुरा खेताला जस्ता राजनीतिक पार्टीहरूको अदुरदर्शिता र केही भ्रष्टाचारी कर्मचारीहरुका कारण अस्तव्यस्त भइरहेको अवस्था छ। दिनप्रतिदिन शिक्षण संस्थाहरु बन्द हुँदैछन्।

यसर्थ,  देशको अस्तित्व जोगाउन र जीवन  बचाउन  सबैले छातिमा हात राखेर भनौँ, यो मेरो देश हो, हाम्रो देश हो ।

सम्पूर्ण महान राजनीतिज्ञहरुले आजैदेखि प्रण गरौँ कि ‘मेरो पार्टीका नेताहरूको गलत आदेश मात्र नमानी पार्टी साख बचाउँदै राष्ट्र निर्माणमा देशको समृद्धिमा लाग्नेछु।’ (लेखक गौतम करिब दुई दशकदेखि अनाथ तथा असहाय बालबालिकालाई शिक्षा प्रदान गरी रहेकाे संस्था लक्ष्मी प्रतिष्ठानमार्फत् सामाजिक सेवामा क्रियाशील हुनुहुन्छ)

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

प्रतिकृया दिनुहोस्