News Portal

‘देशमा संकट परेको बेला जिफन्ट सँधै अग्रभागमा’

जनभेट संवाददाता२०८१ आश्विन १८
१८३ पटक

–ईश्वरी थापा
काठमाडौं ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले मुलुकमा संकट परेको बेलामा जिफन्ट सँधै अग्रभागमा रहेर काम गरेको बताएको छ । बाढीपहिरो प्रभावित श्रमिकहरुको लगत संकलनका लागि बसेको बैठकमा जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठले यस्तो बताउनुभएको हो ।

अध्यक्ष श्रेष्ठले असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण भएको ठुलो धनजनको क्षतिबाट प्रभावित श्रमिकहरुको लगत संकलन काम भइरहेको भएपनि श्रमिकलाई मल्हम लगाउने काम १२ गतेदेखि नै भइरहेको बताउनुभयो ।

बैठकमा जिफन्ट राष्ट्रिय कमिटी, प्रदेश कमिटी र घटक यूनियनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । आइतबारसम्म क्षतिको लगत संकलन गरी आफ्ना सबै संरचनामा आवद्ध युनियनका साथै व्यक्तिगत सदस्यहरुलाई केन्द्र, प्रदेश तथा सामाजिक सञ्जालहरुबाट जानकारी  गराउने बताएको छ ।

सरकारी तत्याङ्क अनुसार बाढीपहिरोका कारण दुई  सय बढीको मृत्यु भइसकेको छ भने पचास जनाभन्दा बढी बेपत्ता भएका छन् । हजारौँको संख्यामा घाइते भएका छन् भने लाखौं व्यक्ति पूर्णरुपमा विस्थापित भएका छन् ।

तुलसीलाल प्रतिष्ठान डुवानमा
काठमाडौ उपत्यकाभित्र भएको डुवानका कारण शैक्षिक क्षेत्र, अस्पताल, सरकारी तथा निजी कार्यालय बन्द भई सेवाबाट सर्वसाधारण वञ्चित भएका छन् । प्राकृतिक विनाशका साथै धार्मिक तथा सांस्कृतिक क्षेत्रमा समेत ठूलो क्षति भएको  छ ।

बाढीका कारण बागमतीको खोला पसेर ललितपुरको च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय तुलसीलाल प्रतिष्ठान डुबानमा परेको छ । जिफन्ट अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा चालीसभन्दा बढी श्रमिकहरुले पार्टी कार्यालयमा जमेको हिलो पन्छ्याउने कार्य गरेका छन् ।

छैन दशैँको रौनक
नजिकिँदै गरेको मुख्य चाड दशैँको शुरु हुनै लागेको रौनक बाढीपहिरोका कारण शुन्यमा धकेलिएको छ । काठमाडौंबाट आफ्ना जन्मस्थल जाने तयारीमा रहेका सर्वसाधारण राजधानीमै रोकिनु परेको छ । बाढीपहिरोले बगाएको पुल र भत्काएको सडक कहिले बन्छ कुनै टुङ्गो नभएकाले सर्वसाधारणको दशैँ खल्लो हुने भएको छ ।

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

प्रतिकृया दिनुहोस्