News Portal

  • उपनिर्वाचन : उम्मेदवारविरुद्ध उजुरी आज

    जनभेट संवाददाता२०८० चैत्र २५
    २५ पटक

    काठमाडौं। आगामी वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेश–१ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्ध उजुरी भए आज दिन सकिने निर्वाचन आयोगले जनाएकाे छ ।

    आयोगका अनुसार उम्मेदवारविरुद्ध बिहान १० देखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने छ । आयोगले आजै अपराह्न ५ बजे उम्मेदवारविरुद्ध परेका उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ ।

    उपनिर्वाचनका लागि इलाम–२ मा १२ राजनीतिक दलका १२ र ८ स्वतन्त्र गरी २० जनाले उम्मेदवारी दिएका छन् । उता, बझाङ प्रदेशसभा– १ मा १२ राजनीतिक दलबाट १२ जनाको उम्मेदवारी परेको छ ।

    आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ । आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

    प्रतिकृया दिनुहोस्