जनभेट संवाददाता२०८० चैत्र १६
काठमाडाैं । संघीय संसदअन्तर्गत आज(शुक्रबार) राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे शुरु हुनेछ ।
बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउनु हुने कार्यतालिका रहेकाे छ । त्यस्तै, अध्यक्ष दाहालले राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा उपाध्यक्षको पदबाट दिनुभएको राजीनामा सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनु हुनेछ ।
त्यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका माननीय सभापति सोनाम गेल्जेन शेर्पाले “राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।