News Portal

  • वैचारिक, संगठनात्मक र प्रचारात्मक कार्य जसपाकाे मुख्य कार्यभार

    जनभेट संवाददाता२०८० चैत्र १३
    २७३ पटक

    काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको अहिलेका पाँचवटा मुख्य कार्यभार पहिल्याएको छ । पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने पार्टीको नीति तथा कार्यक्रम मस्यौदा समितिको बैठकबाट पार्टीका मुख्य कार्यभार तय गरिएको हो ।

    जसपाले वैचारिक राजनीतिक काम, सङ्गठनात्मक काम, प्रचारात्मक कामलाई अहिलेको मुख्य कार्यभारको रुपमा समेट्ने भएको छ । त्यस्तै, पार्टी एकीकरण, संयुक्त मोर्चा र कार्यगत एकतलाई पनि मुख्य कार्यभारको रुपमा मस्यौदा समितिको बैठकबाट पारित गरिएको छ ।

    त्यस्तै, सरकार, संसद र जनसङ्घर्षलाई पनि मुख्य कार्यभारमध्येको अर्को कार्यभार हुने गरी दस्ताबेजको मस्यौदा तयार गर्न लागेकाे पार्टीले जनाएकाे छ। पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठ नेतृत्वको समितिले उक्त मस्यौदा तयार गर्ने जिम्मेवारी पाएको छ ।

    प्रतिकृया दिनुहोस्