News Portal

संसद बैठकमा प्रधानमन्त्रीले सांसदहरूकाे प्रश्नकाे जवाफ दिने

जनभेट संवाददाता२०८० चैत्र ६
५० पटक

काठमाडौँ।  प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

प्रधानमन्त्रीले सांसदहरूले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ दिन लाग्नुभएकाे हाे । नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएको भन्दै पटक पटक संसदमा प्रधानमन्त्रीको जवाफ माग्दै आएकाे छ ।

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

प्रतिकृया दिनुहोस्