जनभेट संवाददाता२०८० चैत्र २
एजेन्सी । अफगानिस्तानमा विगत तीन सातादेखि परेको हिमपात मुसलधारे वर्षाका कारणा जनजिवन अस्तव्यस्त भएकाे छ । अफगानिस्तानकाे राष्ट्रिय प्रकाेप प्राधिकरणले जनाए अनुसार वर्षा र हिमपातकाे चिसोले ६० जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।
हजाराैँ घर बस्न नमिल्ने गरी भत्किएकाे र एक लाख ५० हजारभन्दा बढी पशुचाैपाया मरेका छन् ।
राष्ट्रिय विपद् प्राधिकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाको सहकार्यमा प्रभावित परिवारलाई खाद्यान्न, लताकपडालगायत सहयाेग गरिरहेकाे छ ।