News Portal

  • गजल

    प्रदीपकुमार मैनाली२०८३ जेठ २०
    ३४३ पटक

    -डा. प्रदीपकुमार मैनाली

    हेराई हुन्छ जस्तो, त्यस्तै विचार हुन्छ
    हेर्नुस् स्वयम् मलाई, हेर्दा निखार हुन्छ

    टेक्दैन पाउले भुइँ, गर्दैन पाखुराले
    कस्तो अचम्म हो यो, दोषी निधार हुन्छ

    शिक्षा गजबको मिल्छ, सरकारलाई हेर्नुस्
    ‘साम्राज्य गर्छ गिद्ध, चल्लो शिकार हुन्छ’

    भट्टी म जाउँ के नै, मेरा निमित्त केवल
    लाली अधर सितन र आँखा निगार हुन्छ

    बिन्ती यही छ मेरो, सक्छौ अझै लडाऊ
    लड्दै उठेर हिंड्ने, खुट्टा तयार हुन्छ

    अर्कान : २२१२ १२२ २२१२ १२२ (बहर : मुजारे अखरब)

    प्रतिकृया दिनुहोस्