News Portal

  • बौद्धको महिमा जोगाउन सक्रिय बन्दै गुठी प्रमुख चिनिया लामा

    जनभेट संवाददाता२०८२ माघ २
    १६९ पटक

    काठमाडौं । विश्व सम्पदा सूचीकृत पवित्र बौद्धनाथ क्षेत्रमा रहेका बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख रिन्पोछे चिनिया लामा भुपतिबज्र लामाले बौद्धको महिमा जोगाउन सक्रियता बढाइएको छ । काठमाडाैंमा आयोजित पत्रकार सम्मेलनमा धर्मगुरु चिनिया लामाले सो कुरा बताएका हुन् ।

    बौद्ध क्षेत्रमा अतिक्रमण भएका जग्गाहरुको लेखाजोखा एवम् संरक्षण गर्न खोज्दा बौद्धनाथ क्षेत्र विकास समिति बाधक बनेको उल्लेख गर्दै गुठीको नाममा रहेको जग्गामा समेत विवाद ल्याउने कार्य गरेको बताए । पछिल्लो समयमा गुठीको जग्गाहरु अतिक्रमण गरी केही स्वार्थ समूहहरुले व्यापारिक संरचना बनाउने, दैनिक रुपमा सञ्चालन गर्दै आइरहेको धार्मिक पूजा कार्यमा समेत अवरोध सिर्जना गरिहेकाले त्यस्ता गलत गतिविधि रोक्न गुठीले सक्रियता देखाइएको बताए ।

    बौद्धको धार्मिक अस्तित्वलाई जोगाइ धार्मिक पर्यटन विकासमा टेवा पुर्याउन सञ्चार माध्यमको विशेष भूमिका रहेको उल्लेख गर्दै सही र तथ्यपरक सूचना सम्प्रेसन गराउन प्रमखु लामाले आग्रह गरे । धर्म र सम्प्रदाय जोडिएको विषयवस्तुको अध्ययनविना समाचार प्रकाशन गर्दा आम नागरिकमाँझ भ्रम सिर्जना हुने र पत्रकारिताको विश्वासनीयतामाथि प्रश्न उठ्ने गरेको भन्दै धार्मिक साम्प्रदायिक एवम् धार्मिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने बताए ।

    केही दिनअघि चिनिया लामा र गुठीको विषयमा केही सञ्चार माध्यममा आएको समाचारलाई खण्डन गर्दै वास्तविक र तथ्यपरक बुझेर मात्र सूचना सम्प्रेशन गर्नुपर्ने बताए । बौद्ध तथा मेलम्ची घ्याङ गुठीले सम्पादन गर्दै आइरहेको कार्यलाई क्षेत्र विकास समितिले पटक पटक अवरोध पुर्याइएको आरोप छ । गुठीको स्वामित्वमा धनीपूर्जा समेत रहेको जग्गा तथा बौद्ध पोखरीको जग्गालाई क्षेत्र विकास समितिले अवैध रुपमा नाम स्तान्तरण गर्न खोजिएको बताए । अहिले अतिक्रमित जग्गाहरुको लेखाजोखा तथा संरक्षणको कार्य भइरहदा आफ्नो गलत कार्य छोपाउन केही तत्वहरुले मिडिया परीक्षण समेत गरिरहेको लामा गुरुको भनाइ रहेको छ ।

    बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले घ्याङ गुठीको मातहतमा रहेको बौद्ध स्तूपमाथी जाने गेटको ताला चाबी जबरजस्त काटी धार्मिक मूल्य मान्यता विपरित मण्डलामाथि सार्वसाधारणलाई प्रवेश गराइ टिकटक बनाउने, युगल जोडीको डेटिङ स्थलको रुपमा सामाजिक विकृतितर्फ उन्मुख गराइएको आरोप छ । अध्यक्ष राजकुमार लामाको सो कार्यलाई बौद्ध धर्मावलम्बी तथा स्थानीयवासीहरुले चौतर्फी विरोध गरेका छन् ।

    गुठीको अस्तित्व र पहिचानलाई नामेट गर्ने मनशायले निज व्यक्ति र समूहहरु लागेर सिंगो बौद्ध समुदायमाथि नै आँच आउने कार्य गरिरहेको उल्लेख गर्दै नेपाल सरकारको राजगुठीको ऐतिहासिक स्तूपलाई बौद्धनाथ क्षेत्र विकास समितिले आफ्नो स्वामित्वमा लालपूर्जा समेत ल्याउन सम्बन्धित सरकारी कार्यालयमा निर्देशनात्मक दबाब दिँदै आइरहेको खुल्न आएको छ ।

    स्तूपमा फलेको बुद्धचित्ता माला ब्यापारिक उद्देश्यले चोरी गर्ने, सिसिटिभि फुटाउने, बिगार्ने र प्रवेशद्वारहरुमा उच्च अदालतको फैसला विपरित विदेशीहरुसँग प्रवेश शुल्क उठाउने, होडिङ बोर्ड राखेर स्तूप कुरुप पार्ने, लामा तथा भिक्षुहरुलाई गालीबेईज्जती गर्ने, गुम्बाको शौचालयलगायत भौतिक सम्पत्ति भत्काइ गुठी सम्पत्तिमाथि हालीमुहाली गरेर गुठी लोप र धर्मलोप गराउने कार्य भइरहेको भन्दै बौद्ध स्तूपा, गुठी जग्गा तथा सम्पत्तिको संरक्षण, छानबिन र खोजनीति गर्ने क्रममा त्यस प्रकारको आरोप आएको स्पष्ट पारे ।

    प्रतिकृया दिनुहोस्