News Portal

  • अर्बानको अध्यक्षमा राजकाजी महर्जन निर्वाचित

    जनभेट संवाददाता२०८२ माघ १
    १८२ पटक

    ईश्वरी थापा
    ललितपुर । अर्बान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा राजकाजी मर्हजन निर्वाचित भएका छन् । पाचौँ वार्षिक साधारण सभाले महर्जनको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

    संस्थाको नवनिर्वाचित कमिटीमार्फत् तीन सदस्यीय आर्थिक कमिटी एवं आगामी कार्ययोजना सार्वजनिक गरिएको छ ।

    कार्यक्रममा ललितपुर महानगरपालिका आर्थिक संयोजक रविन्द्र महर्जनले सहकारी ऐनको प्रभावकारी कार्यान्वयन, पूँजी लगानीसम्बन्धी आवश्यक तालिम तथा साझेदारीमार्फत् न्यून आयस्तर बृद्धि गर्न महानगरपालिकाको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    पूर्वसांसद तथा संस्थाका अध्यक्ष राजकाजी महर्जनले सुनाकोठीकै कान्छो सहकारी संस्थाका रुपमा रहेको अर्वान सहकारीलाई सबैको साथ र सहयोगमा आयआर्जनका सिर्जनात्मक कार्यक्रमहरु सञ्चालनका लागि उपत्यकाभर शाखा विस्तार गर्ने दीर्घकालीन रणनीति रहेको बताउनुभयो ।

    कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा विविध गतिविधिहरुमाथि विस्तृत छलफल गरी पारित गरिएको थियो।

    कार्यक्रममा उत्कृष्ट शेयरधनीका रुपमा स्वर्गीय बेखाराम महर्जन, ऋण प्रवाह तथा बचततर्फ नानीमैंया महर्जन, जेष्टनागरिक, युवा सहकारी सदस्यलगायतका व्यक्तिहरुलाई सम्मानित गरिएको थियो ।

    कार्यक्रममा ललितपुर महानगरपालिका–२१ को वडाध्यक्ष रविन्द्र महर्जन, वडा–१३ का जगत महर्जन, सल्लाहकार हिराकाजी महर्जन, संस्थाका पदाधिकारी, शेयरधनी सदस्यहरुको सहभागीता थियो ।

     

    प्रतिकृया दिनुहोस्