
ईश्वरी थापा
काठमाडौं । राष्ट्रिय सौन्दर्य कर्मी ट्रेड युनियन (नाबुन) ले ईन्दिरा रायमाझीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । तारकेश्वर नगरपालिकाको जरङ्खुमा भएको तेस्रो अधिबेशनले नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मा आबद्ध नाबुनको नयाँ समिति चयन गरेको हो ।
कार्यक्रममा नाबुन केन्द्रीय अध्यक्ष सुजना जोशीले संगठनले सबै सौन्दर्यकर्मीहरुलाई एकजुट भएर आफ्नो पेशागत सुरक्षा र हकहितका लागि संगठन बलियो बनाउनुपर्ने बताउनुभयो । संगठनमार्फत् सबै सदस्यहरु आफै अग्रसर हुनुपर्ने उहाँको भनाइ छ।
उहाँले सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यान्वयन गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा नाबुन केन्द्रीय उपाध्यक्ष मिना गुरुङ डङ्गोल, केन्द्रीय सदस्य ईश्वरी क्षेत्री, बागमती आर्थिक सचिब सोलिना लामा, जिफन्ट नगरपालिका अध्यक्ष कृष्णलाल डङ्गोललगायतको सहभागिता थियो ।
नवनिर्वाचित कार्यसमितिका सबै सदस्यहरुलाई प्रमुख अतिथि सुजना जोशीले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो।










