News Portal

  • श्रमिकहरुकै सहयोगमा ट्रेड युनियन भवन निर्माण गछौँ : अध्यक्ष श्रेष्ठ

    जनभेट संवाददाता२०८२ कार्तिक १०
    ३६९ पटक

    ईश्वरी थापा
    काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष बिनोद श्रेष्ठले जेन जी आन्दोलनले क्षति पुर्याएको भवन श्रमिकहरुको सहयोगबाट निर्माण गर्ने बताउनुभएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध ‘नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) ले आयोजना गरेको अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस (अक्टोबर २०) का अवसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

    अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस, दीपावली, छठ पर्व तथा नेपाल सम्बत ११४६ को शुभकामना व्यक्त गर्दै गत भदौ २३ र २४ को जेन जी आन्दोलनका कारण उत्पन्न विषम परिस्थितिमा सचेत भइ अघि बढ्नुपर्ने बताउनुभयो ।

    उहाँले देश बिकासको अग्रपंक्तिमा काम गरिरहेको एमाले नेतृत्वको गठबन्धन सरकार ढाल्न शक्ति राष्ट्रहरुनै लागि परेको आरोप लगाउनुभयो । एमालेकै सरकार स्थिर भए अन्तर्राष्ट्रिय क्षेत्रको प्लेट फर्म बिग्रिने डरले बिध्वंसको स्थिति सिर्जना गरिएको दाबी गर्दै उहाँले थप सचेत हुन आग्रह गर्नुभयो ।

    उहाँले जिफन्ट भवनको लुटपाट, तोडफोडको निन्दा गर्दै श्रमिकहरुकै सहयोगमा थप व्यवस्थित ढंगले भवन निर्माण गरी ट्रेड युनियन आन्दोलनमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) की महासचिव ज्ञानु केसीले सञ्चालन गर्नुभएको कार्यक्रममा अध्यक्ष चन्द्रसागर लामाले कार्यक्रमको उदेश्यका बारेमा प्रकाश पार्नु भएको थियो ।

    प्रतिकृया दिनुहोस्