News Portal

  • संगठन सुदृढीकरण र दक्षता वृद्धि

    जनभेट संवाददाता२०८२ आषाढ ११
    ८२३ पटक

    ईश्वरी थापा
    काठमाडाैं । राष्ट्रिय सौन्दर्य कर्मी युनियन नेपाल (नाबुन) काठमाडौं महानगर कमिटीको पहिलो बैठक देवी कोइरालाको अध्यक्षतामा असार १० गते काठमाडौमा सम्पन्न भएकाे छ । आगामी एक महिनाको कार्ययोजना अन्तर्गत संगठन सुदृढीकरण, दक्षता वृद्धि ,सदस्यता विस्तारमा संगठनले पहिलो प्राथमिकता दिएको छ ।

    नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) महासचिव लक्ष्मण शर्माले संगठनको महत्त्व, संगठन निर्माण, पेशागत समस्याको पहिचान विषयमा प्रशिक्षण दिनुभएको थियो ।

    जिफन्ट बाग्मती प्रदेश अध्यक्ष रामहरि नेपालले योगदानमा आधारित सामाजिक सुरक्षा, श्रमिक महिलाको हकअधिकार विषयमा जानकारी गराउनु भएको थियो ।

    त्यसैगरी, नाबुन केन्द्रीय महासचिव सुजना जोशीले आगामी कार्ययोजना तथा कार्यक्रमको उद्देश्यमा विस्तृत जानकारीका साथै चौथो अधिबेशनबाट निर्वाचित नवगठित कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्