जनभेट संवाददाता२०८२ आषाढ ३

काठमाडौं । नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) काठमाडौं महानगर कमिटीको विषेश पहलमा आँखा शिविरको आयोजना गरिएको छ । शनिबार(जेठ ३१ गते) माछापोखरीस्थित आरती पार्टी प्यालेशमा सदिश फिल्म प्रोडक्सन, भिजन हिमालय फाउण्डेसन तथा तिलगंगा आँखा प्रतिष्ठानको शाखा कार्यालय श्वयम्भू आँखा केन्द्र डल्लूको सहकार्यमा आँखा शिविरको आयोजना गरिएको हो।
शिविरमा दुई सय तीन जनाले सेवा लिएका थिए । आँखा जाँच गरिएका मध्ये पाँच जनामा मोतियाबिन्दु पहिचान भएको क्युपेक नेपालले जानकारी दिएको छ ।
क्युपेकका अनुसार मोतियाबिन्दु पहिचान भएका पाँच जनाको सल्यक्रिया असार २२ गते तिलगंगा आँखा प्रतिष्ठानको शाखा कार्यालय स्वयम्भूमा निःशुल्क रुपमा हुनेछ ।
क्युपेक–नेपालले रक्तदान, दन्त शिविर, आँखा शिविरलगायत कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ ।