News Portal

  • ब्यूटीसियनमा डिग्री हासिल गर्न युवाहरु उत्साहित : अध्यक्ष राना मगर

    जनभेट संवाददाता२०८२ बैशाख २२
    ५९ पटक

    ईश्वरी थापा
    ललितपुर । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन)को ललितपुर महानगरपालिका कमिटी अध्यक्ष जयन्ती राना मगरले हेयर एण्ड बियुटिसियन तालिममा मास्टर्स डिग्री हासिल गर्नमा युवाहरु उत्साही रहेको बताउनुभएको छ ।

    शनिबार (बैशाख २० गते)  ललितपुर मानभवनस्थित जेन्यु हेयर एण्ड ब्यूटी एकाडेमीको १६ औँ वार्सिकाेत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

    प्रमुख अतिथि तथा नाबुन केन्द्रीय महासचिव सुजना जोशीले संगठन स्थापनाको उदेश्य, योगदानमा आधारित सामाजिक सुरक्षा कोष, मर्यादित रोजगारी र पेशागत स्वास्थ सुरक्षाको बारेमा प्रशिक्षण दिनुभयाे ।

    कार्यक्रममा  मीना खत्रीले नृत्य तथा लीला थापाको गीत प्रस्तुत गर्नुभएकाे थियाे । कार्यक्रममा जिफन्ट बाग्मती प्रदेश कमिटी सदस्य ईश्वरी थापा, महालक्ष्मी नगरपालिका कमिटी अध्यक्ष पुनम थापा, मिडियाकर्मी, प्रशिक्षार्थी लगायतको उपस्थिति थियो ।

    जेन्यु हेयर एण्ड ब्यूटी एकाडेमीकी सञ्चालक जयन्ती राना मगरले १५ वर्षको उतारचढाव तथा अनुभव बताउनुभयो ।

    ब्यूटीसियन तालीममा विभिन्न तहका पासआउट विद्यार्थीहरुलाई अध्यक्ष राना मगरद्वारा सम्मान, टोपी तथा प्रमाणपत्र वितरण गरिएको थियाे।

    ईश्वरी थापा तथा रुपा शाक्यले शुभकामना मन्तव्य दिनुभएको उक्त कार्यक्रमकाे सञ्चालन काठमाडौं महानगर कमिटीको निवर्तमान अध्यक्ष करुणा पुरीले गर्नु भएकोे थियो ।

    कार्यक्रममा  प्रशिक्षण तथा प्रमाणपत्रसमेत वितरण गरिएकाे थियाे ।

       

    प्रतिकृया दिनुहोस्