
काठमाडाै । तेहथुममा भएको बृहत मुटुरोगका लागि भएको स्वास्थ्य शिबिरवाट ८ सय ७० जना स्थानीय नागरिक बिशेष लाभान्वित भएका छन् । शिविरमा मुटु संवन्धी परीक्षण, मधुमेह, उच्च रक्तचाप लगायत परिक्षण गरिएको थियो । तेहथुम जिल्लाका ६ वटै गाउँपालिकाका स्थानीय नागरिक मुटुको परीक्षण गराउन आएका थिए ।
काठमाडौको गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा रवि मल्लको नेतृत्वमा चार जना बरिष्ठ चिकित्सक चार जना मेडिकल अफिसर, नर्स, फार्मेसी टिम सहित लायन्स क्लबका पब्लिक रिलेशन अफिसर बिष्णुप्रसाद भण्डारी सहितका जिम्मेर पदाधिकारीहरु काठमाडौबाट आई निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।
सीता गुरुङको प्रमुख आतिथ्यतामा भएको स्वास्थ्य शिविरलाई बिशेष अवसरको रुपमा लिएर तेहथुम जिल्लाका नगर प्रमुख, सबै गाउँ पालिकाका प्रमुखहरुसहित अधिकांश जनप्रतिनिधिहरुको सहभागिता थियो । नगरपालिका गाउंपालिकाले मुटु रोगको आशंका भएका सबै जिल्लावासीलाई उपचारका लागि आह्वान गरेका कारण नागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
काठमाडौ जान नसक्ने, बरिष्ठ चिकित्सकलाई अहिले सम्म देखाउन नसकेकाहरुका लागि स्वास्थ्य शिविर साच्चिकै ऐतिहासिक हुन पुगेको लायन लिडर बिष्णु प्रसाद भण्डारीले बताउनुभएको छ । लायन्स इण्टरनेशनल डिष्टिक ३२५ अन्तर्गत लायन्स क्लब अफ काठमाडौ बुद्ध युनिभर्सलका अध्यक्ष गोपाल काफ्ले, आरसी कोइरालाले स्वास्थ्य शिविरमा बृद्धबृद्धाहरुले बरिष्ठ चिकित्सकबाट उपचार गराउन पाएकोमा सबै भन्दा बढी खुशी ब्यक्त गरेको जानकारी गराउनुभयो । तेहथुममा अहिले सम्मकै ठूलो निशुल्क स्वास्थ्य शिविरबाट नागरिकहरुले पाएको सेवा र उनीहरुले ब्यक्त गरेको खुशीले गर्दा हामीलाई यस्ता कार्यक्रम गाउ गाउं लैजानुपर्दो रहेछ थप अनुभूति र हौसला मिलेको डा रबि मल्लले बताउनुभएको छ ।
लायन्स क्लब जस्ता सामाजिक संस्थाले शहरमा होइन दुर्गम जिल्लाका गाउगाउं सम्म कार्यक्रम लैजाने हो भने सबै भन्दा ठूलो सामाजिक सेवा र धर्म हुने म्यागलुन नगरपालिकाका मेयर संजय तुम्वाहाम्फेले बताउनुभएको छ । उहांले लायन्स क्लब र बरिष्ठ चिकित्सकहरु प्रति बिशेष आभार ब्यक्त गर्नुभएको छ ।
८ सय ७० जना मध्ये धेरैलाई औषधि दिइएको थियो भने ८ जना मेजर अप्रेशन गर्नु पर्नेहरुलाई काठमाडौ गंगालाल अस्पताल लगेर निशुल्क उपचार गरिने भएको छ । काठमाडौ लैजाने जिम्मेवारी लायन्स क्लबले लिएको छ भने अप्रेशन लगायतको सम्पूर्ण जिम्मेवारी अस्पपताले लिने भएको छ ।