News Portal

  • दक्षिण एशियालीस्तरीय तालिम कार्यशाला कार्यक्रम काठमाडाैमा

    जनभेट संवाददाता२०८१ कार्तिक ३
    २४० पटक

    –ईश्वरी थापा
    काठमाडाैं ।
    नेपाल ट्रेड यूनियन महासंघको नेतृत्वमा दक्षिण एशियालीस्तरीय तालिम कार्यक्रम जारी छ । नेपाल, बंगलादेश र श्रीलंकाका २१ जना महिलाको सहभागितामा हाेटल मल्लमा कार्यक्रम बिहीबारदेखि शुरू भएकाे हाे ।

    थ्री एफका संयोजक बुद्धिबहादुर आचार्यले कार्यक्रमको उदेश्य एकअर्कामा सिक्नु र सिकाउनु रहेकाे बताउनुभयाे ।

    जिफन्टका पूर्व उपमहासचिव तथा ट्रेड यूनियन विज्ञ विन्दा पाण्डेले ट्रेड यूनियन नेतृत्वमा महिला र ट्रेड यूनियन लैङ्गिक समानताका विषयमा प्रकाश पार्नुभएकाे थियाे ।

    त्यसैगरी, जिफण्टका पूर्व उपमहासचिव पेम्बा लामाले पितृसतात्मक विषयमा सहजीकरण गर्नुभएकाे थियाे । कार्यक्रममा नेपाल, बंगलादेश र श्रीलंकाकाे विकासका लागि ट्रेड युनियनहरूले गरेकाे प्रयास र वर्तमान अवस्थाका बारेमा अनुभव आदान प्रदान समेत गरेका छन् ।

    आज (शानिबार) सम्म सञ्चालन हुने सो कार्यशालामा ट्रेड यूनियनको लैङ्गिक नीति, रणनीतिक कार्यक्रमको विकास, कार्यक्रममा महिला सहभागिता र चुनौतीका बारेमा तीनै देशले छुट्टाछुट्टै छलफल गरी योजना निर्माण गरिने बताएको छ ।

    प्रतिकृया दिनुहोस्