
–बासुदेव सेढाईँ
नेपालीहरुकाे महान पर्व बडादशैं वर्षमा एकपटक मनाईने ठुलो र महत्त्वपूर्ण पर्व हाे । मानिस भित्र रहेका खराब प्रबृत्ति पाँच विकारमाथि विजय हासिल गरेको प्रतीकका रुपमा विजयादशमी मनाइन्छ ।
मानव प्राणीहरुमा सर्वश्रेष्ठ प्राणी हाे सबै प्राणीहरु निर्भयका साथ बाँच्न पाउने अधिकारकाे रक्षा मानिसले गर्नुपर्दछ । विश्वलाई शान्तिकाे सन्देश दिने नेपाल र नेपालीहरुले मनाउने राष्ट्रिय पर्व बडादशैँमा लाखौँलाख निर्दाेश पशुपंक्षीकाे हत्या गरेर बलि चडाएर देवीदेवता खुशी पार्ने प्रचलन कति तर्कसंगत र जायज हाेला ?
प्राणी हत्या पाप हाे भन्दा महापाप त देवीदेवताकाे नाममा बलि दिनु हाे । सकभर मासु सेवन नगर्दा राम्रो, खानै परे बधशालामा गएर किनेर ल्याउने खाने राम्रो हाेला प्रत्येयक घर-घर मठ मन्दिर देवीदेवताकाे नाम उच्चारण गरेर बलि दिएर रक्ताम्य बनाउनु त्यति उपयुक्त हुँदैन । परम्पराबाट चल्दै आएको भएपनि त्यसमा सुधार हुन जरुरी छ ।
हामी नेपालीहरुकाे महान पर्व दशैँ यस्तो पर्व बनाउनुपर्छ जसलाई सिंङ्गाे मानव समुदायले अनुसरण गर्न सकाेस्, धर्ममा हिंसा हत्या हुँदैन । त्यसैले यसलाई धार्मिकतासँग जाेड्नु हुँदैन । विकारमाथि विजय हासिल गरेको प्रतीकका रुपमा विजया दशमीलाई विश्वभरका मानव समुदायले मनाउन सकुन् । व्यक्त गर्न नसके पनि हरेक प्राणिमा चेतना हुन्छ, आफ्नो हत्या हुँदैछ भन्नेकुरा थाहा हुन्छ जब उसलाई थाहा हुन्छ उसमा क्राेध डर त्रास पैदा हुन्छ हामीले उसलाई मारेर मासु खाँदा उसमा पैदा भएको क्राेध मानिसमा पनि सर्छ । जसले गर्दा शाकाहारी मानिसभन्दा मासु सेवन गर्नेहरु बढी क्राेधित हुने गर्दछन् । सहन गर्न सक्ने शक्ति कम हुन्छ ।
जाँडरक्सी, माछा मासुको सेवन र जुवातासबिना पनि चाडपर्व मनाउन सक्ने क्षमताको विकास गर्दै लैजान सके याे पर्वकाे सबैले अपनत्व ग्रहण गर्नेछन् । नयाँ र रचनात्मक कार्यक्रमहरुकाे सुरुवात गरेर समय अनुसार हाम्रा माैलिक चाडपर्व मनाउऔँ जसले समाज रुपान्तरणमा सकारात्मक भूमिका खेल्न सकाेस्। विजयादशी २०८१ काे सबैमा शुभकामना ।










