News Portal

  • एमाले धादिङ–काठमाडौं सम्पर्क मञ्चको ‘बृहत रक्तदान कार्यक्रम’मा ९८ जनाद्वारा रक्तदान

    जनभेट संवाददाता२०८१ जेठ १९
    ५०१ पटक

    काठमाडौं । स्वयम्भूको ठाडो भर्याङमा आयोजित ‘बृहत रक्तदान कार्यक्रम’मा ९८ जनाले रक्तदान गरेका छन् । नेकपा एमाले धादिङ–काठमाडौं सम्पर्क मञ्चद्वारा शनिबार आयोजित ‘बृहत रक्तदान कार्यक्रम’मा ९८ जनाले रक्तदान गरेका हुन् ।

    नेकपा एमाले केन्द्रीय लेखा आयोगका अध्यक्षसमेत रहनुभएका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राध्यापक डा. पुष्पराज कँडेलको प्रमुख आतित्थ्यमा सम्पन्न रक्तदान कार्यक्रममा काठमाडौंलाई कर्मभूमि बनाइ विभिन्न पेशा–व्यवसायमा आवद्ध धादिङ तथा अन्य जिल्लाका व्यक्तिहरू रक्तदानमा सहभागी भएका थिए ।

    मञ्चका अध्यक्ष कमल थापा मगरका अनुसार मानवीय सेवाका लागि पार्टीले विभिन्न समयमा गर्ने नियमित कार्यक्रमअन्तर्गत यसपटक रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । नेकपा एमाले जनताको हरेक भावनासँग गाँसिएको सुख दुःखको पार्टी भएकाले रक्तदानमार्फत् मानवीय सेवामा लाग्न सचेत व्यक्तिहरुलाई अभिप्रेरित गरिएको उहाँको भनाइ छ ।

    रक्तदानमा उल्लेख्यरुपमा रक्तदाताहरुको उपस्थित रहेको मञ्चका उपसचिव एवं बृहत रक्तदान कार्यक्रमका संयोजक एकराज सेढाईले बताउनुभयो । ९० जनाले रक्तदान गर्ने अपेक्षा गरिएपनि अपेक्षाभन्दा बढी ९८ जनाले रक्तदान गरेको उहाँको भनाइ छ ।

    कार्यक्रमबाट संकलन भएको रगत हिमाल हस्पिटल ब्लड बैंकमा सुरक्षित राखी आवश्यक सेवाग्राहीलाई प्रदान गरिने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्