News Portal

मुलुकको समृद्धिका लागि श्रमिकको हक अधिकार स्थापित हुनु आवश्यक

जनभेट संवाददाता२०८१ बैशाख १९
६६ पटक

–टंक पन्त
काठमाडाैं ।
नेपालमा १३५ औँ अन्तरराष्ट्रिय दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालमा रहेका एक करोड २० लाख श्रमिकको हक अधिकार स्थापित नभएसम्म मुलुकको समृद्धि हुन नसक्ने ट्रेडयुनियनमा आबद्ध नेताहरुले  बताउने गरेका छन् ।

नेपाल श्रमिक दिवसका सन्दर्भमा एकीकृत ट्रेड युनियन महासंघ (आइसिटियु)का अध्यक्ष बिष्णु लम्सालले बिश्वभरि करीब चार अर्ब मजदूर रहेकाे बताउनुभयाे । भारतसहित  बिभिन्न देशमा ९५ लाख श्रमिक कार्यरत रहेको जानकारी गराउँदै उहाँले श्रमिकहरूकाे हक हितका लागि राज्यलगायत सबै पक्षको भुमिका आबश्यक रहेको बताउनुभयाे । उहाँले जबसम्म श्रमिकको हक हित र सुविधाका बारेमा ध्यान दिन सकिँदैन तबसम्म  मुलुक, कुनै उद्योग वा कम्पनी समृद्धिमा जान नसक्ने उल्लेख गर्नुभयाे।

डेढ लाख सदस्य रहेको ट्रेड युनियनका अध्यक्ष रहनुभएका  लम्सालले जति पनि ऐन कानून बनेका त्यसको कार्यान्वयन हुन नसक्दा श्रमिकले अनेक पीडा भोग्नु परेको  बताउनुभयाे । उहाँले रोजगारदता र श्रमिकबीच हुने गरेका सम्झौता कार्यान्वयन हुन नसक्नु र मजदूरका साझा मुद्दाका बिषयमा सबै एक भएर जान नसक्नुले केही चुनौती थपेको बताउनुभयाे ।

नेपालको संविधानले नागरिकको रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा मजदुर गोपालकृष्ण राज्यभर काम पाउन धेरै गाह्रो हुँदै गएको बताउनुभयाे ।

काम नपाउँदा भोकै घर फर्किएर अर्काको खेतमा मजदुरी गर्न बाध्य हुनुपर्ने श्रमिकहरुको दुखेसो छ । मजदुर शम्भू रावरले पाँच दिनमा एक दिन काम पाउने गरेको बताउनुभयाे ।

मजदुरका समस्या औंल्याउँदै धेरैले चुनाव जित्छन् । तर उनीहरूको समस्या भने ज्युँका त्यूँ हुने गरेको छ   । मजदूर दिवस मनाउने सन्दर्भमा र नेताहरु प्रतिपक्षमा मजदूरका बिषयमा जति सकारात्मक कुरा गर्छन् तर सत्ता पक्ष वा जिम्मेवार ठाउँमा पुग्नासाथ उनीहरुले  चरित्रमा नै परिवर्तन गर्ने गरेको कारण श्रमिक दिवस केवल दिबसमै सीमित हुने गरेको श्रमिकहरुको गुनासो छ ।

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

प्रतिकृया दिनुहोस्