News Portal

  • ११औँ ‘टाेपी दिवस’ मनाइँदै, सहभागिताका लागि आग्रह

    जनभेट संवाददाता
    ५२८ पटक

    काठमाडौं । जागरुक युवा अभियान नेपालले आयोजना गरेको यस वर्षको अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको सम्पूर्ण तयारी पूरा भएको छ । विगत १० वर्षदेखि अंग्रेजी नयाँ वर्षको जनवरी १ का दिन दिवस मनाइँन शुरू गरेकाे अभियानले यस वर्षपनि मनाउन लागेकाे हाे ।

    यस वर्षको टोपी दिवसको नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय गरेको संस्थाले एक सातादेखिकाे तयारी पुरा गरेकाे जनाएकाे छ । यस वर्ष पुस १६ गते बिहान ८ बजे वसन्तपुरमा जम्मा भइ प्रभातफेरि कार्यक्रमको आयोजना गर्न लागिएकाे अभियानका संयोजक घनश्याम श्रेष्ठले बताउनुभयाे ।

    विसं २०६८ सालमा तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारले नेपाली राष्ट्रिय पोशाकलाई औपचारिकरूपमा हटाएपछि त्यसलाई स–सम्मान फिर्ता हुनुपर्ने मागसहित सरकारलाई दबाब दिन टोपी दिवस मनाउन थालिएको संस्थाका संस्थापक अध्यक्ष रामजी बलामीकाे भनाइ छ ।

    प्रभातफेरिलगायतका कार्यक्रम गरी मनाइने टोपी दिवसमा नेपाली पहिचान झल्किने पहिरन लगाएर कार्यक्रममा सहभागी हुन अभियानले सबै नागरिक, बुद्धिजिबी, लेखक, पत्रकार लगायतमा अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्