News Portal

  • १७ किलाे गाँजासहित विजयपुरबाट पासवान पक्राउ

    जनभेट संवाददाता२०८० चैत्र १७
    २१४ पटक

    रौतहट । जिल्लाकाे फतुवा विजयपुर नगरपालिका– ११  भैसहीबाट प्रहरीले लागुऔषध १७ किलो पाँच सय ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

    बारा जिल्ला बछनपूर्वका स्थायी घर भइ रौतहटको फतुवा विजयपुर नगरपालिका– ११ भैसही टोल बस्ने प्रमेश्वर हजाराका छोरा ३७ वर्षीय दयालाल पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरिक्षक एलिजा गिरीले जानकारी दिनुभयाे ।

    पक्राउ पासवानकाे घरमा लागुऔषध गाँजा लुकाएर राखेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी दुधिअबाबाट खटिएको संयुक्त टोलीले पासवानको घर खानतलासी गर्दा लुकाई राखेको अवस्थामा १७ किलो ५ सय ग्राम गाँजा बारामद गरिएको प्रवक्ता गिरीकाे भनाइ छ ।

    गाँजासहित पक्राउ परेका पासवानलाई इलाका प्रहरी कार्यालय लक्ष्मीनियामा राखेर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता नायव उपरिक्षक गिरीले बताउनुभयाे ।

    प्रतिकृया दिनुहोस्