News Portal

अन्तर्राष्ट्रिय खुशी दिवस : जीवनको आनन्द खुशीमा सीमित

जनभेट संवाददाता२०८० चैत्र ७
६३ पटक

काठमाडौं । आज मार्च २० तारिख । यस दिनलाई विश्वभर अन्तर्राष्ट्रिय खुशी दिवसकाे रुपमा मनाइन्छ ।

संयुक्त राष्ट्र सङ्घले हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुशी दिवस मनाउँदै आएको छ । यो दिवस मानिसले खुशी हुन पाउनु अधिकार हो भनेर मनाउन शुरु गरिएको हो । जीवनको आनन्द नै खुशीमा मात्र हुन्छ भनेर मानिसले बुझ्नु जरुरी हुन्छ ।

सन् २०११ मा संयुक्त राष्ट्र संघको महासभाले एक प्रस्ताव पारित गर्दै खुशीलाई आधारभूत मानव लक्ष्य बनाएको हो । यो प्रस्ताव आएको दुई वर्षपछि सन् २०१३ मा राष्ट्र संघका १९३ सदस्य राष्ट्रले एकसाथ अन्तर्राष्ट्रिय खुशी दिवस मनाएका थिए ।

त्यसयता हरेक वर्षको मार्च २० मा यो दिवस मनाइने गरिएकाे छ ।

प्रतिकृया दिनुहोस्