News Portal

  • रूपनगर क्याम्पसमा ‘एकराज ढकाल स्मृति छात्रवृत्ति’ स्थापना

    जनभेट संवाददाता२०८३ बैशाख २
    २८८ पटक

    सप्तरी । रूपनगर स्थित सामुदायिक क्याम्पस, रूपनगर नन्दराज संग्रौला क्याम्पसमा ‘एकराज ढकाल स्मृति छात्रवृत्ति’ स्थापना गरिएको छ। उच्च अदालतको न्यायाधीशबाट अवकाश प्राप्त प्रेमराज ढकालले आफ्ना स्वर्गीय पिता एकराज ढकालका नाममा सो छात्रवृत्ति स्थापना गर्नु भएको हो।

    ‘एकराज ढकाल स्मृति छात्रवृत्ति’ नाम राखिएको सो छात्रवृत्ति रूपनगर नन्दराज संग्रौला क्याम्पसमा अध्ययन गर्ने विपन्न तथा जेहन्दार केही विद्यार्थीलाई वर्षेनी प्रदान गरिने जानकारी क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले दिनुभयो ।

    छात्रवृत्ति सञ्चालन सम्बन्धमा क्याम्पस र दाता ढकालबीच आज सम्झौतापत्रमा हस्ताक्षर गरियो। सो अवसरमा बोल्दै शिक्षाप्रेमी ढकालले भन्नुभयो, ‘आफ्नो जन्मस्थानमा शिक्षाको क्षेत्रमा केही गरौँ भन्ने भावनाका साथ छात्रवृत्ति शुरू गरेको हुँ। आगामी दिनमा यसलाई अझ विस्तार गर्ने सोचाइ छ, हेरौँ के कति गर्न सकिन्छ।’

    छात्रवृत्ति सञ्चालन सम्बन्धी सम्झौताका अनुसार कम्तिमा पाँच वर्षसम्म यो छात्रवृत्ति उपलब्ध हुनेछ। क्याम्पसले उपयुक्त मापदण्ड बनाएर छात्रवृत्तिका लागि विद्यार्थीहरूको छनौट गर्ने र दुबै पक्षका लागि अनुकूल समयमा सो छात्रवृत्ति वितरण गरिने जानकारी क्याम्पसले दिएको छ।

    स्रोत : रूपनगर क्याम्पस फिचर सेवा

    प्रतिकृया दिनुहोस्