News Portal

  • स्वतन्त्र साहित्य पुञ्जकाे ‘कवि गोष्ठी एवं श्रष्टा भेटघाट’ सम्पन्न

    जनभेट संवाददाता२०८२ माघ ४
    १६० पटक

    काठमाडौं । स्वतन्त्र साहित्य पुञ्ज नेपालले विशेष कवि गोष्ठी एवं श्रष्टा भेटघाट कार्यक्रय सम्पन्न गरेकाे छ । ललितपुरस्थित महालक्ष्मी नगरपालिका टिकाथलीमा संस्थाले वरिष्ठ साहित्यकार तथा छन्द कविहरुको उपस्थितिमा भव्य जमघट कार्यक्रम आयोजना गरेको हो ।

    कार्यक्रममा संस्थाका अध्यक्ष भवानी न्यौपाने भावनाको अध्यक्षता र महाकाव्यकार एवं वरिष्ठ साहित्यकार मुकुन्द शर्मा चालिसेको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे ।

    कार्यक्रममा डा. ढुन्डीराज पहाडी विशिष्ठ अतिथि र डा. रमेश शुभेच्छुकले समिक्षकका रुपमा वाचित कविताहरुबारे समीक्षा गर्नुभएको थियो । कार्यक्रममा कवि ढुन्डीराज पोखरेल, हरि घिमिरे, चिरञ्जिबी सिग्देल, शारदाप्रसाद पहाडी, रत्न बिरही घिमिरे, कल्पना काफ्ले, एसआर दुवाडीलगायतले कविता वाचना गर्नुभएको थियो ।

    कार्यक्रम सञ्चालन संस्थाकी सदस्य छन्दिका त्रिपाठीले गर्नुभएको थियो भने स्वागत मन्तव्य दिव्यलक्ष्मी पोखरेलले गर्नुभएको थियो ।

    २०८० बैशाख १ गतेबाट औपचारिक रुपमा सञ्चालनमा आएको  संस्थाले पहिलो कार्यक्रम वाल्मिकी विद्यापिठमा भव्यताका साथ सम्पन्न गरेको थियो ।

     

    प्रतिकृया दिनुहोस्