जनभेट संवाददाता२०८२ साउन १

ईश्वरी थापा
रुपन्देही । सिध्दार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले पेशागत दक्षता अभिवृद्धिले महिलालाई आत्मनिर्भर भएर अघि बढ्न महत्वपूर्ण सहयोग गर्ने बताउनुभएको छ ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) द्वारा सिद्धार्थ नगरमा आयोजित दुई दिने निःशुल्क सेमिनारमा उपप्रमुख अधिकारीले दक्षता अभिवृद्धिले महिलालाई सम्मानित जीवनयापनका लागि सहयोग पुग्ने बताउनुभएको हो ।
उपप्रमुख अधिकारीले महिलाहरुलाई सहज जीवनयापनका लागि पेशागत तालिम आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) मा आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी यूनियन (नाबुन) ले दुई दिने पेशागत दक्षता अभिवृद्धि कार्यक्रम अन्तर्गत माईक्रो सेडिङ, माइक्रो ब्लेन्डिङ र रसियन हेयर स्टाइलको तालिम दिएको थियो ।











