News Portal

  • पुनम खड्का क्षेत्रीको अध्यक्षतामा ‘नाबुन’काे नयाँ कार्यसमिति चयन

    जनभेट संवाददाता२०८२ आषाढ २
    ४०७ पटक

    -ईश्वरी थापा
    काठमाडाैं । नेपाल ट्रेड युनियन महासङ्घ(जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन (नाबुन) चन्द्रागिरी नगर कमिटीको प्रथम अधिवेशन शनिबार थानकोटमा सिर्जना पाठक क्षेत्रीको अध्यक्षतामा सम्पन्न भयो ।

    पानसमा दीप प्रज्व्लन गरी प्रमुख अतिथि तथा नाबुन केन्द्रीय महासचिव सुजना जोशीले चन्द्रागिरी नगर कमिटीको स्थापना कालको स्मरण गर्दै संगठनले सबै सौन्दर्यकर्मीहरुलाई एकजुट हुन आग्रह गर्नुभयो ।

    त्यसैगरी, आफ्नो पेशागत हकहितका लागि सबै सदस्यहरुलाई प्लेटफर्म प्रदान गरी आफ्ना लागि आफै अग्रसर हुनुपर्छ भन्दै राज्यले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यान्वयनमा जोड दिनुभयाे।

    थानकोट नर्बदा ब्युटीपार्लरमा भएको प्रथम अधिवेशनबाट पुनम खड्का क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

    कार्यसमितिलाई बधाई ज्ञापन गर्दै निवर्तमान अध्यक्ष सिर्जना पाठक क्षेत्रीले सौन्दर्यकर्मीहरु एकताबद्ध भएर एउटै छातामुनि संगठित हुन पर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा नाबुन बाग्मती प्रदेश सचिव टीका श्रेष्ठ, ईश्वरी क्षेत्री, बागमती प्रदेश सदस्य मीना शर्मा, जिफन्ट चन्द्रगिरी अध्यक्ष राजभाइ श्रेष्ठ, चन्द्रागिरी नगर नाबुनका सौन्दर्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्