काठमाडाैं । ज्याेतिष पण्डित डा. रूद्रनाथ अधिकारीकाे रचनामा रहेकाे गीतकाे म्युजिक भिडियाे ‘बुझ मायालु’ सार्वजनिक भएकाे छ । सुप्रसिद्ध गायक प्रमाेद खरेलकाे स्वरमा स्वरवद्ध गीतकाे म्युजिक भिडियाे ज्याेतिष पण्डित डा.रूद्रनाथ अधिकारीकाे आधिकारिक युट्युव च्यानल Jyotish Pandit Dr. Rudranath Adhikari मार्फत् सार्वजनिक भएकाे हाे ।
कीर्ति न्याैपानेकाे संगीत रहेकाे गीतमा म्युजिक एरेन्ज पुरूषाेत्तम सुवेदीकाे रहेकाे छ । लक्ष्मी ढकाल अधिकारीकाे प्रस्तुतिमा रहेकाे म्युजिक भिडियाेकाे मिक्सिङ र रेकर्डिङ सुमन खड्काले गर्नुभएकाे हाे ।
पर्पल रेकर्डिङ स्टुडियाेमा रेकर्ड गरिएकाे गीतकाे म्युजिक भिडियाेकाे काेरियाेग्राफी र निर्देशन कृष्णदेव रूपाखेतीले गर्नुभएकाे छ ।
गीतमा प्रणय सम्बन्धका लागि ज्याेतिषीय ग्रहगाेचरले कस्ताे भूमिका खेल्छ भन्ने प्रष्ट पारिएकाे छ । सामान्य व्यक्ति र परिस्थितिका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक गतिविधिका बारेमा भविष्यवाणि गरी निरन्तर चर्चाकाे शिखरमा रहनुभएका ज्याेतिष पण्डित डा. अधिकारी गीतकारका रूपमा समेत चर्चित बन्न पुग्नुभएकाे छ ।
भिडियाेमा विशेष गरी प्रेमिल सम्बन्धमा रहेका युवा युवतिले वैवाहिक सम्बन्ध स्थापित गर्नका लागि कुण्डलीमार्फत् ज्याेतिषीय ग्रहगाेचर हेर्नुपर्नेमा जाेड दिएकाे छ । याे म्युजिक भिडियाेले ज्याेतिष शास्त्र गलत नहुने तर वास्तविक ज्याेतिष शास्त्र जान्ने ज्याेतिषीमार्फत् कुण्डली हेराउनु पर्ने सन्देश दिएकाे छ ।
गीतकार तथा ज्याेतिष पण्डित डा. अधिकारीले भन्नुभएकाे छ, ‘कुनै अकाट्य प्रमाणित विज्ञान छ भने त्याे ज्याेतिष विज्ञान हाे । खगाेलदेखि भूगाेलसम्म, जीवात्मादेखि परमात्मासम्म, जन्मदेखि मृत्युसम्मका सबै रहस्यकाे उजागर याे शास्त्रले गर्दछ । याे शास्त्रमा कुनै दाेष छैन र अति प्रमाणिक छ । दाेष प्रयाेगकर्ताकाे ज्ञान र अनुभवमा हुनसक्छ तर ज्याेतिष शास्त्र सँधै निर्दाेष छ ।’