News Portal

  • पूर्वमुख्यसचिव शाक्यको ८१ वर्षकाे उमेरमा निधन  

    जनभेट संवाददाता२०८१ बैशाख ६
    ६७ पटक

    काठमाडौं । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ । नेपाल कानुन समाजका अध्यक्षसमेत रहनुभएका शाक्यको क्यान्सर  रोगको उपचारका क्रममा मंगलबार ग्वार्काेस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो ।

    लोकसेवा आयोगका पूर्वअध्यक्ष शाक्य ८१ वर्षको हुनुहुन्थ्यो ।

    उहाँ डेढ महिनाअघि मात्र भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्कनुभएको थियो । नेपालको कानुनको मस्यौदा कार्यमा दख्खल प्राप्त गर्नुभएका उहाँ कानुन, न्याय  तथा संसदीय मामिला मन्त्रालयको सचिवसमेत हुनुभयो ।

    पूर्वसचिव गोपीनाथ मैनालीका अनुसार लोकसेवा आयोगमा रहँदा उहाँको नेतृत्वमा पदपूर्ति प्रणालीमा सुधारका थुप्रै काम भएका थिए । दिवंगत शाक्यका दुई छोरी र दुई छोरा हुनुहुन्छ भने श्रीमतीको करिब तीन महिनाअघि मात्र निधन भएको थियो ।

    प्रतिकृया दिनुहोस्