News Portal

लघुकथा : ढडिया

भूपाल अधिकारी२०८० चैत्र १७
५७ पटक

‘उनी लामा दाइ ।’
गाउँभरी नै चिनिएका लामा दाइ । उनलाई सबैले माछा मार्न सिपालु ठान्थे। कहिले सानो खोलाको पानीमा माटाकै हिलोले पानीको बहाव थुनछेक गर्दै थालको साहराले पानी छ्यापेर एकातिर हिलोमा माछा मार्थे । उनको त्यो मिहिनेत र सीप गाउँलेहरुले आनन्द मान्दै हेर्थेँ । र, केटाकेटीहरु माछा मार्न हिलोमा पसि हाल्थेँ । उनलाई रीस उठ्थ्यो । र, बाँसको कर्चीले हिर्काउँदै खेद्थे ।

त्यसै साँझ घनघोर पानी पर्यो । बोराको घुम ओढेर भएपनि उनी नहर पुगे। नहरबाट पूर्वतिर निस्के । त्यो कुलोबाट बगेको पानीमा । ढडिया अड्याए । ढडिया बाँसलाई मसिनो गरी चिरेर डोरीले बुनेको लामो थियो । अघिल्लो मुख ठूलो भएपनि पछिल्लो मुखबाट पानीको बहाव सललल कलकलाउँदै बग्थ्यो । माछा फस्थ्यो । माछा बकुल्लाले लग्ला भन्दै ढडियामा पछाडि काँडा राखेका थिए । माछा धेरै परिरहेको थियो ढडीयामा । उनी बोराकै घुम ओढेर एकछिन ढडियामा टोलाइ रहे ।

आकासे पानी केहीबेर पछि साम्य भयो । उनी नहरको डिलमा बसि नै रहे । उनको छोराले बिहान मारेको माछा पकाएर माछा र भात ल्याइ दियो । उनी पकापक मीठोमानी खान थाले । उनले भने, ‘हेर छोरा ! आज रातभर माछा कति फस्ने हो ? यो दुई बाल्टिन भरिन्छ होला । केही बेच्ने केही खाने ।’ छोरो ‘हस्’ भन्दै घरतिर हिड्याे ।

त्यसै दिन दिउँसो गाँउको एक जना मान्छे त्यहाँ आयो। ढडियामा धेरै माछा परिरहेको देख्यौ र अलिकति माछा मलाई पनि दिनु न भनेर माग्यो, तर ती लामा दाइले माछै छैन ढडीयामा परेकै छैन भनेर ढाँटे। केही समयसम्म त्यो मान्छेले अन्य कुरा बस्यो र त्यहाँबाट गयो।

रातभर पानीको कलकल आवाज सुन्दै नहरकै डिलमा बसेर कसैले माछा चोर्छ कि भन्दै लामा दाइ पहरा दिदै बसेका थिए । उनी रात छिप्पिदै गएपछि केही चिसिएको नहरको घाँसमा भुकलुक्कै निदाए ।

एक निन्द्रा पुर्याएर बिउँझदा त रातीको दुई बजेको रहेछ। यसो ढडीया तिर हेरे ।ढडीयाको पछाडि एउटा कालो आकृति देखेँ । माछा चोरेको झैँ लाग्यो। बिस्तारै थाहा नपाउने गरी बिरालाको चालमा ढडीयाको पछाडि तिर जान थाले । सोचे पक्कै त्यही दिउँसो माछा माग्न आएको मान्छे होला। मैले माछा नदिएकाले चोर्न आएछ क्यार, समाउनु पर्यो भन्ने सोचेर ढडीयाको पछाडिपट्टि छेउमा पुगेर च्याम्प दुबै हातले समाए तर एैया आत्थाथा गर्न पाे थाले । अरे उनले समाएको त चोर नभएर आफैले बकुल्लाले माछा खाला कि भनि दिउँसो राखेको काँडा पो रहेछ । ००००

-भूपाल अधिकारी
विराटनगर-६, रामपुर

प्रतिकृया दिनुहोस्