News Portal

  • ‘जन्मदिनमा वृक्षराेपण अभियान’द्वारा स्वर्णिम संसारकाे परिकल्पना

    बासुदेव सेढाईँ२०८० चैत्र १७
    २२३ पटक

    बासुदेव सेढाईँ
    प्रकृतिको संरक्षण, स्वच्छ वातावरण र असल संस्कारलाई प्राेत्साहन ‘जन्मदिनमा वृक्षरोपण (पृथ्वी बचाउ) अभियानले नयाँ स्वर्णिम समाज, स्वर्णिम संसार र स्वर्णिम युगको परिकल्पना गरेको छ । जसमा विकृति विसङ्गति मुक्त सभ्य र सुसंस्कृत समाजकाे परिकल्पना गरिएकाे छ ।

    सुन्दर हराभरा प्रकृति, प्रदुषणरहित स्वच्छ वातावरण, सम्पूर्ण प्राणि जगतको कल्याणका लागि पवित्र विचार, असल कर्म र सभ्य संस्कारयुक्त सर्वगुण सम्पन्न मानवको परिकल्पना अभियानमार्फत् गरिएको छ। प्रकृतिको अवैध दाेहन, बढ्दो वातावरण प्रदुषण, मानिस भित्र उब्जिएका राक्षसी मनाेभावनाका कारणले सृजित विकृति विसङ्गतिकाे अन्त्य र नयाँ युगको सुरुवात मानिस धर्ती अवतरणकाे अवसरमा न्यून्नतम एउटा वृक्षरोपण गरेर नयाँ विचारकाे सुरुवात भएको छ र जन्मदिनमा वृक्षरोपण अभियान नेपालकाे नाै बुँदे अवधारणाले नयाँ  सुन्दर र स्वर्णिम संसार यस्तो हुनेछ भनी उल्लेख गरिएको छ।

    पतित् भ्रष्ट अपराधकाे दुनियाँ समाप्ति र नयाँ पावन र स्वर्णिम दुनियाँकाे सुरुवातकाे परिकल्पना अभियानले गरेको छ। धर्ती अवतरणकाे दिन शुभ जन्मदिन प्रत्येक मानिसको वर्षभरिकाे सबैभन्दा महत्त्वपूर्ण दिन  यस्तो दिनमा पवित्र कर्म किन नगर्ने ? प्रत्येक वर्ष जन्मदिनमा नयाँ र पवित्र विचारका साथ वृक्षरोपण गर्ने र अघिल्लो वर्ष राेपेकाे विरुवाकाे संरक्षण गर्दै जाने अभियानकाे मुख्य उद्देश्य हाे ।

    एक व्यक्तिले राेपेकाे विरुवाले फलफूल जडिबुटी, काठपात र अक्सिजन दिन्छ । भुक्षय राेक्छ, प्राकृतिक वातावरण हराभरा बनाउँछ र सम्पूर्ण प्राणीकाे कल्याण गर्छ । यस्तो पवित्र कर्ममा सबै मानव किन सहभागी नबन्ने ? यस्ताे पवित्र उद्देश्य राखेर सञ्चालन भइरहेकाे अभियनमार्फत्  प्रकृतिकाे संरक्षणमा जुट्ने हाे भने सबै मानव सर्वगुण सम्पन्न हुनेछन् र स्वर्णिम संसारकाे परिकल्पना पनि साकार हुनेछ ।

    प्रतिकृया दिनुहोस्