News Portal

चैते दशैँकाे अवसरमा देशभरका शक्तिपीठहरूमा श्रद्धालुकाे भीड

जनभेट संवाददाता२०८१ बैशाख ४
४६ पटक

काठमाडाैं । चैते दसैँका अवसरमा देशभरका शक्तिपीठहरूमा श्रद्धालुकाे भीड लागेकाे छ । गोरखाको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक महत्वको गोरखकाली मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । कालिका मन्दिर तथा गोरखाकाली मन्दिरमा दर्शन र पूजाआजाका लागि भक्तजन बिहानैदेखि लाइनबद्ध हुनुहुन्छ ।

‘‘भक्तजनलाई व्यवस्थित रुपमा मन्दिरको दर्शन र पूजापाठ गराउनका लागि उल्लेख्य सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ”, गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुुप्रसाद पाठकले भन्नुभयो, “मन्दिरमा आवश्यक अन्य सबै सुरक्षा व्यवस्था मिलाइएको छ ।” मन्दिरमा एकैदिन सात हजार पाँच सय भन्दाबढी भक्तजनहरुले दर्शन गर्ने अनुमान गरिएको उहाँको भनाइ छ ।

त्यस्तै, काठमाडाैंकाे शाेभा भगवती, नक्शाल भगवती काभ्रेपलाञ्चाेककाे पलाञ्चाेक भगवती, चितवन, बागलुङलगायतका शक्तिपीठहरूका भक्तजनकाे भीड लागेकाे छ ।

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

प्रतिकृया दिनुहोस्