News Portal

  • ‘सगरमाथा’को नेपाली नामलाई नै सरकारी मान्यता दिनुपर्छ : प्राडा मानन्धर

    जनभेट संवाददाता२०८१ बैशाख २
    ७२ पटक

    काठमाडौं । इतिहाशसिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष प्राडा त्रिरत्न मानन्धर सरकार तथा सबै सरोकारवाला निकायले सगरमाथाको नामलाई अंग्रेजीमा पनि ‘सगरमाथा’को नेपाली नामलाई नै अंग्रेजीमा SAGARMATHA लेखेर सरकारी नाम बनाउनुपर्ने बाबुराम आचार्य प्रतिष्ठानको माग नै लेख्नु तथा भन्नु पर्ने विचार व्यक्त गर्नुभएकाे छ।

    आइतबार काठमाडौंमा आयोजित मिडिया सम्पादक तथा सिनियर पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै पूर्व उपकुलपतिसमेत रहनुभएका प्राडा मानन्धरले उक्त कुरा बताउनुभएकाे हाे ।

    उहाँले सगरमाथाको पवित्र नेपाली नामलाई Mount Everest राखिएकोमा आपत्ति जनाउँदै सरकारी, गैरसरकार, प्राईभेट सबै क्षेत्रले स्पष्टसँग नेपाली नाम SAGARMATHA नै अंगेजीमा लेख्नुपर्ने बताउनुभयाे । उहाँले अन्नपूर्णको नाम ANNAPURNA नै भएको दृष्टान्त  भएको भन्दै सगरमाथाको नामाकरण हुने भएमा पृथ्वीनारायण शाहको नाम Earth नारायण हुनुपर्ने भन्दै MOUNT EVEREST भन्ने र लेख्नेहरुप्रति आक्रोश पोख्नुभएकाे थियाे ।

    अध्यक्ष मानन्धरले सगरमाथा नामाकरण इतिहाशसिरोमणि बाबुराम आचार्यले गरेको उल्लेख गर्दै माउण्ट एभ्रेष्टको नामाकरण कसरी भएको भन्दै विस्तृत जानकारी दिनुभयाे।

    कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष प्रा डा सुरेन्द्र केसी, इतिहाश शिरोमणि बाबुराम आचार्यकी नातिनीहरु प्रतिष्ठानकी कोषाध्यक्ष कञ्चन शर्मा आचार्य, सदस्य निर्जला आचार्य, नेपाल आयल निगमका पूर्व महाप्रबन्धक एवं नाति जयराज आचार्य, नातिनी तर्फका पनातिनीहरु स्तुति शर्मा, तपस्या बुढाथाेकी, उपासना बुढाथोकी तथा सर्भेष खनालको उपस्थिति रहेको थियो ।

    मेन स्ट्रिम मिडियाका सम्पादक तथा सिनियर पत्रकारहरुको उपस्थितिमा सम्पन्न अन्तरक्रिया कार्यक्रम सञ्चालन प्रतिष्ठानका महासचिव एवं कार्यक्रम संयोजक बाबुराम आचार्यले गर्नुभएकाे थियाे ।

    प्रतिकृया दिनुहोस्