News Portal

  • उपनिर्वाचन : उम्मेदवारकाे नामावली प्रकाशन आज

    जनभेट संवाददाता२०८० चैत्र २६
    २१ पटक

    काठमाडौं । आगामी वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेशसभा–१ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्धको उजुरीमाथि आज जाँचबुझ गर्ने तालिका रहेको छ ।

    आयोगले आज अपराह्न ५ बजेसम्म कुनै उम्मेदवारविरुद्ध उजुरी परेको भए सो उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । भोलि (मंगलबार) उम्मेदवारले चाहेमा नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगको कार्यक्रम छ । आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

    उपनिर्वाचनका लागि इलाम–२ मा २० जना र बझाङ प्रदेशसभा–१ मा १२ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

    प्रतिकृया दिनुहोस्