News Portal

  • कर्णालीमा एक साताभित्र नयाँ सरकार गठनका लागि आह्वान

    जनभेट संवाददाता२०८० चैत्र २२
    ३२ पटक

    सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गर्नुभएको छ । उहाँले विज्ञप्ति जारी गर्दै दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि दलहरूलाई आह्वान गर्नुभएको हो ।

    कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार आफ्नो पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख परियारले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नुभएको हो । नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने समय यही चैत २७ गते दिउँसो ५ः५० बजेसम्मको दिइएको छ ।

    यसअघि मुख्यमन्त्री शर्माले प्रदेशसभालाई सम्बोन्धन गर्दै पदबाट राजीनामा घोषणा गरी प्रदेश प्रमुख परियारसमक्ष राजीनामा पेस गर्नुभएको थियो । सत्ता समीकरण फेरिएसँगै कांग्रेसले गत फागुन २२ गते कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

    प्रतिकृया दिनुहोस्