News Portal

  • पेट्रोलकाे नयाँ मूल्य कायम, प्रतिलिटर चार रुपैयाँले वृद्धि

    जनभेट संवाददाता२०८० चैत्र १९
    ६८ पटक

    काठमाडौं । पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले वृद्धि भएको छ । आज (सोमबार)देखि वृद्धि हुने मूल्यअनुसार  पेट्रोलको प्रतिलिटर मूल्य एक सय ७५ पुगेको हो ।

    नेपाल आयाल निगम लिमिटेडको सञ्चालक समितिको आइतबारको निर्णयअनुसार सोमबारदेखि नयाँ मूल्य लागू हुनेछ ।

    निगमले नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ ७६ पैसाले बढेर आएको हो । निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् रहेको निगमद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ ।

    पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको प्रतिलिटर मूल्य रुपैयाँ एक सय ७२ रुपैयाँ ५० पैसा रहेको छ ।  यस्तै, दोस्रो वर्गअन्तर्गतका काठमाडौँ, पोखरा र दिपायल जिल्लामा प्रतिलिटर एक सय ७४ मूल्य कायम गरिएको छ ।

    प्रतिकृया दिनुहोस्