News Portal

  • गृहमन्त्रीकाे राजीनामा माग गर्दै काँग्रेसद्वारा संसदकाे वेल घेराउ

    जनभेट संवाददाता२०८० चैत्र २
    ३४८ पटक

    काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदको वेल घेराउ गरेको छ ।

    शुक्रबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएसँगै काँग्रेस सांसदहरुले संसदको वेल घेराउ गरेका हुन् ।

    उनीहरुले गृहमन्त्री राजीनामा दे, सहकारी पीडितलाई न्याय दे लगायतका नाराबाजी गरी वेल घेराउ गरेका हुन् । काँग्रेसको अवरोधसँगै प्रतिनिधि सभाको अर्को बैठक आइतबार ११ बजे बस्नेगरी स्थगित भएको छ ।

    प्रतिकृया दिनुहोस्