News Portal

  • विश्व मिर्गौला दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

    जनभेट संवाददाता२०८० चैत्र १
    ८३ पटक

    काठमाडौं । विश्व मिर्गाैला दिवस प्रत्यक वर्ष अंग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीबार अर्थात् आज नेपालमा पनि विश्व मिर्गाैला दिवस मनाइँदैछ। यस वर्षको मूल नारा ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने रहेको छ ।

    विभिन्न संस्थाबाट विभिन्न कार्यक्रम सहित हुँदै आएको कार्यक्रम यसपटक भने अंग प्रत्यारोपण समाज नेपाल र नेपाल प्रत्यारोपण सोसाइटी एउटै भएपछि पहिलोपटक संयुक्त रूपमा आयोजना हुन लागेको हो।

    यस पटक सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल , चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), नेपाल सोसाइटी अफ नेफ्रोलोजी (एनएसएन), नेपाल एसोसियसन अफ युरोलोजिक सर्जन्स (एनएयूएस), अंग प्रत्यारोपण समाज नेपाल (एनईएसओटी),नेपाल ट्रान्सप्लान्ट सोसाइटी (एनटीएस), स्वास्थ्य अभियान नेपाल एसएएन, नेसनल किड्नी सेन्टर र काठमाडौं उपत्यका भित्रका अंग प्रत्यारोपण गर्ने अस्पतालहरू र मस्तिष्क मृत्युपश्चात् अंग दान गराउने अस्पतालहरूको संयुक्त आयोजनामा यो कार्यक्रम हुन गइरहेको छ ।

    चैत्र १ गते बिहीबार बिहान रत्नपार्क, शान्ति बाटिकाबाट मिर्गौला पदयात्राको सुरुवात तथा दशरथ रंगशालामा प्रत्यारोपित÷अंगदाताको समूहसँग कलाकार, पत्रकार, समाजसेवी, चिकित्सक र कर्मचारीहरू बीच मैत्रीपूर्ण फुटबल खेल आयोजना हुने भएको छ । त्यसपछि विश्व मिर्गौला दिवससम्बन्धी औपचारिक कार्यक्रमको आयोजना हुने कुरा आयोजक कमिटिले बताएको छ।

    प्रत्येक १० जनामध्ये १ जनालाई मिर्गाैला रोग लाग्ने गर्दछ र विश्वभरी नै मिर्गाैला रोगको प्रकोप बढी रहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गाैला दिवसको आयोजना गर्ने गरिन्छ।

    प्रतिकृया दिनुहोस्