News Portal

राजादेखि माओवादीसम्म अट्ने खालको नयाँ सम्झदारी : अध्यक्ष लिङ्देन

जनभेट संवाददाता२०८० फाल्गुण ९
४३ पटक

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता मुलुकलागि अभिशाप भइसकेको बताउनुभएको छ ।

मुलुकलाई गम्भीर दुर्घटनाबाट जोगाउन काँग्रेस, एमाले र माओवादी केन्द्रले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको बाटोमा पुनर्विचार गरी राजादेखि माओवादीसम्म अट्ने खालको नयाँ सम्झदारी गरेर अघि बढ्नुपर्ने उहाँको जिकिर थियो ।

राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गदै बुधवार र्यालीसहितको बिरोध प्रदर्शनपछि काठमाडौंमा आयोजित कोणसभामा बोल्दै अध्यक्ष लिङदेनले देश यथास्थितिमा अघि बढाउन खोजे गम्भीर दुर्घटनामा फस्ने चेतावनी दिनुभयो । उहाँले आफूहरुले देशलाई पछाडि फर्काउन चाह्यो भनेर भ्रमपूर्ण प्रचार नगर्न पनि प्रमुख दलका शीर्ष नेताहरुलाई सचेत गराउनुभयो ।

अध्यक्ष लिङदेनले मुलुकलाई सही बाटोमा अघि बढाउन आफूहरुले शान्तिपूर्ण आन्दोलन शुरु गरेको उल्लेख गर्दै त्यसलाई कमजोरी ठान्ने दुःशाहस नगर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिकृया दिनुहोस्