News Portal

  • उद्योगपति-ब्यापारीलाई पाता कस्नुपर्छ, उद्योगमन्त्री यादवलाई निलम्बन गरी जेल हाल्नुपर्छ : नेता आचार्य

    जनभेट संवाददाता२०८३ भाद्र २४
    ४५ पटक

    काठमाडौं । नेपाली कांग्रेसका नेता बाबुराम आचार्यले उद्योगी ब्यापारीलाई पाता कस्ने भाषण गर्ने उद्योग मन्त्री गौरी कुमारी यादबलाई तत्काल निलम्बन गर्न आग्रह गरेका छन् । नेता आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै, ‘झण्डै दुईतिहाई मतको शक्तिशाली बालेन शाह न्तृत्वको सरकारकी उद्योग मन्त्री गौरी कुमारी यादवले उद्योगी ब्यापारीलाई पाता कस्ने शब्द निकालेकोमा तत्काल मन्त्रीबाट अपदस्त गर्नुपर्छ !’ भनेका हुन् ।

    उनले आक्रोशित हुंदै थपेका छन्, “अर्बौं कर तिर्ने, लाखौंलाई रोजगारी दिने, स्वरोजगार हुने प्रतिष्ठीत उद्योगी ब्यापारीलाई राज्यले सम्मान गर्नुको सट्टा अपमान गरेकोमा मानहानी मुद्दामा सांसद पदसमेतबाट सभामुखले निलम्बन गरी जेल हाल्नुपर्छ”

    नेता आचार्यले, “मुलुकमा उद्येगी-ब्यापारीलाई बिशेष ब्यबस्था हुनुपर्ने नभनेपनि सबै नागरीकले सम्मानजनक बांच्न पाउनुपर्ने संबैधानिक हक अनुसार पेसा ब्यावशाय गर्ने हकको शुनिश्चितता हुनुपर्ने ब्यबस्था अनुसार उद्योगी-ब्यावसायीलाई पनि राज्यले सम्मानजनक बांच्न, काम गर्न दिनुपर्छ।” भनेका छन् ।

    आचार्यले भनेका छन्, “कर छलेको तथा नियमकानून उलंघन गरेको भए अरुलाई जस्तै उद्योगी ब्यापारीलाई पनि कानुनबमोजिम कारबाही गर्ने कुरा सामान्य नै हो …! जेनजी आन्दोलनका नाममा सिंहदरबार जलाउने, संसद भबन जलाउने, सिंहदरबार जलाउनेलगायत बिध्वंसकारीलाई छानबिन गरी बिना आग्रह पूर्बाग्रह कडा भन्दा कडा कारबाही गर्नु भने पर्छ, आन्दोलनका नाममा बिध्वंस गर्नु कत्तिको उचित हुन्छ? सबैले पुनःअनुसंधान गरौं, जेनजी आन्दोलनका मर्म र भावना पनि सबैको मूल्य हुनुपर्छ भन्ने नै हुनुपर्छ, हो..!!!”

    उनले भोटेकोसी बाढीपीडितको उद्दार तथा राहत कार्य प्रभाबकारी बन्न नसकेको भन्दै सर्बसाधारण, उद्येगी ब्यापारी, मजदुर, बिद्यार्थी सबैलाई चाहिएको बेला ज्ञास किन्न पाउने वातावरण निर्माण गर्न आग्रहसमेत गरेका छन् ।

    प्रतिकृया दिनुहोस्