News Portal

  • अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि-१८९ अनुमोदनको मागमा जोड

    जनभेट संवाददाता२०८३ आषाढ ३
    ८१ पटक

    ईश्वरी थापा
    काठमाडौं । अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवसको अवसरमा काठमाडौ महानगर क्षेत्रका घरेलु श्रमिक तथा नेतृत्व तहका प्रतिनिधिहरुको सहभागितामा विशेष कार्यक्रम सम्पन्न भएको छ ।

    सन् २०११ मा अन्तर्राष्ट्रिय श्रम संगठन ( ILO ) द्वारा पारित अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नम्बर -१८९ को सम्झनामा हरेक वर्ष जुन १६ मा मनाइने यस दिवसलाई विविध छलफल कार्यक्रम मार्फत मनाइएको हो ।

    कार्यक्रममा घरेलु श्रमिकहरुको हक, हित, सामाजिक सुरक्षा, मर्यादित काम तथा श्रम अधिकार सुनिश्चित गर्न महासन्धि नम्बर -१८९ को महत्त्वबारे पनि महत्त्वपूर्ण छलफल भएको थियो ।

    सहभागीहरुले घरेलु श्रमिकहरुको वर्तमान अवस्था ,उनीहरूले भोगिरहेका समस्या तथा चुनौतीहरु र अधिकार सुनिश्चित गर्न आवश्यक पहलका विषयमा बिचार आदानप्रदान गरेका थिए ।

    छलफलका क्रममा नेपाल सरकारले अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नम्बर -१८९ लाई अनुमोदन गरेमा घरेलु श्रमिक, सरकार तथा समग्र समाजलाई पुग्ने सकारात्मक प्रभावका विषयमा पनि जोड दिइएको थियो ।

    साथै घरेलु श्रमिकहरुको अधिकार सुनिश्चित गर्न विगतदेखि सञ्चालन हुँदै आएका एड्भोकेसी, लबिङ तथा जनचेतनामुलक अभियानहरुको समीक्षा गर्दै आगामी रणनीतिका विषयमा समेत चर्चा गरिएको थियो ।

    कार्यक्रममा सहभागीलेहरुले घरेलुु श्रमिकहरुको अधिकार, सम्मान, सामाजिक सुरक्षाको सुनिश्चितताका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) अभिसन्धि नम्बर -१८९ को अनुमोदन अभियानलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

    प्रतिकृया दिनुहोस्