News Portal

  • हेटौँडा–४ स्थित स्कुल रोडमा जेएन्डबी बारिस्टा एकेडेमी सञ्चालन, वरिष्ठ अधिवक्ता बिडारीद्वारा उद्घाटन

    जनभेट संवाददाता२०८३ जेठ ५
    ६३ पटक

    मकवानपुर । हेटौँडा–४ स्थित स्कुल रोडमा जेएन्डबी बारिस्टा एकेडेमी सञ्चालनमा आएको छ । एकेडेमीको उद्घाटन पूर्व सांसद, संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारी र प्राविधीक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीईका बागमती प्रदेशका कार्यकारी निर्देशक शान्ती लामाले संयुक्त रूपमा रिबन काटेर गर्नुभएको हो ।

    एकेडेमीका सञ्चालक तथा युवा उद्यमी जगदिश बिडारीले विदेशमा आठ वर्ष काम गरेपछि हेटौँडामा विगत चार वर्षदेखि जेएन्डबी कफी सञ्चालन गर्दै आउनुभएको छ । उहाँले सिटिइभिटीईसँगको समन्वयमा वारिष्टा तालिम र आफ्नो स्वउद्यमको लागि कफी सप सञ्चालनमा ल्याएसँगै धेरैलाई सिप र रोजगारी बढाउन सकेको बताउनुभयो । व्यवसायसँगैं उहाँले सानो लगानीमै स्वदेशमा क्याफे सञ्चालन गरेर केही रोजगारी समेत सिर्जना गर्नुभएको छ । विदेशमा गर्ने मेहनत स्वदेशमै केही आम्दानी गर्नुका साथै केही रोजगारी सिर्जन गर्न उहाँ सफल हुनुले आफूलाई आत्मसन्तुष्टि बढाएको सञ्चालक बिडारीको भनाइ छ ।

    साथै बारिस्टा लगायतका सीप युवाहरूबीच लोकप्रिय बन्दै गएको र वैदेशिक रोजगारीमा जान चाहनेका लागि समेत उपयोगी भएकाले करिब १५ लाख रुपैयाँ लगानीमा एकेडेमी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

    उद्घाटन कार्यक्रममा वरिष्ठ अधिवक्ता बिडारीले विदेशमा सिकेको ज्ञान, सीप र अनुभवलाई स्वदेशमा उपयोग गर्नु सकारात्मक काम भएको बताउनुभयो । उहाँले यस्ता युवाहरुलाई समाजले प्रोत्साहन गर्नुपर्ने र स्वउद्यम नै सफलताको कसी भएको बताउनुभयो ।

    यस्तै, कार्यक्रममा सिटीभिटीईका बागमती प्रदेशका कार्यकारी निर्देशक शान्ती लामाले जे एन्ड बि कफी बार परिवारप्रति हार्दिक धन्यवाद दिँदै नयाँ यात्राले सफलता, आत्मियता र सुगन्धित सम्भावनाको निरन्तर विस्तार पाओस भन्ने शुभकामना दिनुभयो ।

    एकेडेमीमा बारिस्टा, बारटेन्डर, सुशी, बेकरी, पिज्जा, कुकिङ, हाउस किपिङ, तन्दुर, बर्गर र स्यान्डविच सम्बन्धी तालिमसमेत सञ्चालन गरिने  जानकारी दिइएकाे छ। तालिम अवधि १५ दिनदेखि तीन महिनासम्म रहने भनाइ छ ।

    सञ्चालक बिडारीका अनुसार सरकारी तथा गैरसरकारी संस्थासँग सहकार्य गरेर पनि सिपमूलक तालिम सञ्चालन गर्न सकिनेछ । साथै वैदेशिक रोजगारीमा जान चाहने युवाहरूलाई सिपसम्बन्धी परामर्श सेवा समेत प्रदान गरिने सञ्चालक बिडारीकाे भनाइ छ ।

    प्रतिकृया दिनुहोस्